नेपाल तरुण दलका केन्द्रीय सदस्य राकेश श्रेष्ठको विशेष पहलमा दैनिक उपभोग्य सामाग्री बितरण
साझा दृष्टि संवाददाता
दोलखा २८ असार । पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा शारीरिक अशक्त भएका व्यक्तिहरु र अभिभावकविहीन बालबालिकाहरुलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

जन्मजयन्तीको अवसरमा नेपाल तरुण दलका केन्द्रीय सदस्य एवं जिपी कोइराला फाउन्डेशन दोलखाका अध्यक्ष राकेश श्रेष्ठको विशेष पहलमा समाजसेवी शारदा उप्रेती घिमिरेको विशेष सहयोगमा शारीरिक अशक्त भएका ३० जनालाई प्रतिव्यक्ति १ थान इलेक्ट्रिक जग १ थान थर्मस, वितरण गर्नुका साथै गौरीशङ्कर बालगृहका २२ जना विद्यार्थीहरुलाई इलेक्ट्रिक जग तथा थर्मस, शैक्षिक सामाग्री र आमाको मायाको छात्रावासका ९ जना विद्यार्थीलाई ईलेकट्रिक जग थर्मस, शैक्षिक तथा खेलकुदका सामग्रीहरू वितरण गरिएको हो ।

कार्यक्रम नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाको प्रमुख आतिथ्यतामा, पत्रकार माहासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईं, पत्रकार चिरञ्जिवी मास्के , बैतेश्वर गाउपालिका उपमेयर कल्पना उप्रेती , नेपाली कांग्रेस दोलखाको माहाधिवेशन प्रतिनिधि गीता शिवाकोटी र नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य राजन बस्नेत, विपी स्टडी सर्कल दोलखाका अध्यक्ष राजेश उप्रेती, नेपाली कांग्रेसका जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य सकुन बस्नेत, कृष्ण कुमारी जोशी लगायतको विशेष उपस्थितिमा र जिपी कोइराला फाउण्डेशन दोलखाको अध्यक्ष एबं नेपाल तरुणदल केन्द्रीय सदस्य राकेश श्रेष्ठको सापतित्वमा कार्यक्रम सम्पन्न भयो ।


बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
