थामी समुदायको कर्मकाण्ड ‘सिलोके पालाखे’ प्रकाशीत
साझा दृष्टि संवाददाता
दोलखा १८ असार । नेपाल थामी समाज दोलखाले थामी समुदायको ऐतिहासीक दस्तावेज कर्मकाण्ड ‘सिलोके पालाखे’ प्रकाशन गरेको छ । उक्त ऐतिहासीक पुस्तकको विमोचन प्रतिनिधि सभा सदस्य गंगा कार्की र प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले र ठूला थामीले संयुक्त रुपमा गर्नु भएको थियो ।
पुस्तक विमोचनको अवसरमा प्रतिनिधिसभा सदस्य गंगा कार्की तथा प्रदेशसभा सदस्यहरु कुन्दनराज काफ्ले र ठूला थामीले नेपालको ऐतिहासीक जातिको संस्कार संस्कृति जोगाउनु महत्वपूर्ण हुने उल्लेख गर्नुहुदै थामी समुदायको कर्मकाण्ड ‘सिलोके पालाखे’ पुस्तक थामी समुदायका नयाँ पुस्ताका युवाहरुलाई संस्कार संस्कृति जोगाउन महत्वपूर्ण दस्तावेज बन्ने बताउनु भयो ।
नेपाल थामी समाज दोलखाका अध्यक्ष होम बहादुर थामीको सभापतित्वमा सम्पन्न पुस्तक विमोचन कार्यक्रममा विगु गाँउपालिकाका प्रमुख सञ्जीव ओली, कालिञ्चोक गाँउपालिकाका प्रमुख अर्जुन शिवाकोटी, विगु गाँउपालिका उपप्रमुख देविका थामी, नेपाल थामी समाजका पूर्व केन्द्रीय महासचिव एवं सञ्चारकर्मी लक्ष्मण थामी, नेपाल थामी समाज दोलखाका बरिष्ठ उपाध्यक्ष वसन्त थामी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
दाेलखाकाे विगु गाँउपालिकाकाे आर्थिक सहयाेगमा प्रकाशीत झण्डै सात सय पृष्ठको कर्मकाण्ड पुस्तक ‘सिलोके पालाखे’मा थामी समुदायको कुलपुजा, भुमेपुजा, जन्म, विवाह, मृत्यु संस्कार लगायतका सांस्कृतिक विषय समावेस गरिएको पुस्तकका संकलक, सम्पादक लक्ष्मण थामीले बताए । पुस्तक तयारीको क्रममा थामी समुदायका झाँक्रीहरुसंग बिभिन्न चरणमा छलफल गरिएको पनि सम्पादक थामीले बताए । दोलखा जिल्ला उद्गम थलो रहेको थामी समुदायका मानिस अहिले देशको ३२ जिल्लामा बसोबास गर्दै आएको नेपाल थामी समाज दोलखाका अध्यक्ष होम बहादुर थामीले बताए । २०६८ सालको जनगणनामा झण्डै २८ हजार जनसंख्या रहेको थामी समुदाय २०७८ सालको जनगणनामा ३२ हजार सात सय ४३ देखिएको छ । १० बर्षको अवधिमा देखिएको बृद्धि दरले यो गणनामा आशंका रहेको नेपाल थामी समाज दोलखाका अध्यक्ष होम बहादुर थामीको भनाई छ ।
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
