तामाकोशी गाउँपालिकामा २ दिने बालमैत्री स्थानीय शासन तथा क्षमता अभिवृद्धि तालिम सुरु
साझा दृष्टि संवाददाता
ईश्वर बिश्वकर्मा
दोलखा ७ असार । दोलखाको तामाकोसी गाउँपालिका-३ जफेमा २ दिने बालमैत्री स्थानीय शासन एवं क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
तामाकोसी गाउँपालिकाको आयोजना तथा उज्यालो भविष्य दाेलखाकाे प्राविधिक सहयोगमा तालिम सुरु भएको हाे ।
तालिमकाे उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष प्राेण प्रताप केसीले बालमैत्री पालिका घोषणा गर्दै दिगो विकास लक्ष्य प्राप्तिका लागि पालिका अग्रसर भएको बताउनुहुदै शिक्षा क्षेत्रमा गाउँपालिकाले प्राथमिकताका साथ लगानी गरेकाे र साेकाे प्रतिफल शैक्षिक उपलब्धि सुधारोन्मुख भएको उल्लेख गर्नुभयो।
अध्यक्ष केसीले शिक्षित समुदायका बालबालिकाहरू अधिकार र कर्तव्य प्रति सचेत हुने हुँदा बालमैत्री स्थानीय शासन अबलम्बनमा पूर्णता मिल्ने भन्दै संविधान प्रदत्त बालअधिकारकाे संरक्षण, प्रवर्द्धन र संवर्धनमा सबै सरोकारवाला निकाय आ आफ्नो क्षेत्र बााट लाग्नुपर्ने धारणा व्यक्त गर्नुहुदै अधिकार प्राप्त बालबालिकाकाे सर्वाङ्गीण विकास भइ राष्ट्र हितका लागि याेगदान दिन सक्ने हाेनाहार नागरिक बन्ने र समृद्धिको ढोका फराकिलो हुने समेत जिकिर गर्नुभयो ।
कार्यक्रममा तामाकोसी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख पवनराज फुयालले बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा तथा जोखिमलाई रोकथाम गरी उनीहरुको अधिकार सुनिश्चित गर्ने उद्देश्य सहित बालमैत्री अभियान सञ्चालन गरिएको बताउनु भयो ।

उहाँले दिगाे विकासका सुचाङ्क पुरा गर्न सामाजिक उत्थानका कार्य गर्ने उद्देश्यमा पालिका प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख प्रशिक्षक तथा उज्यालो भविष्य संस्थाका अध्यक्ष राजन बस्नेतले बालमैत्री हुनका लागि बाल बचावट, बाल संरक्षण, बाल विकास र बालसहभागिता लगायतका ५१ वटा सूचकहरू पूरा गर्नु पर्ने भन्दै बालबालिकाको हक,अधिकार र संरक्षणमा समेत निरन्तर सम्बन्धित सरोकारवाला निकाय लागि परीरहनु पर्ने भन्दै उहाँले बालबालिका सम्बन्धी सम्पुर्ण तथ्यांकहरु संकलन गरी कमजाेर सुचकहरुमा काम गर्नु पर्ने बताउदै बालमैत्री स्थानीय शासन अभियान लाई सार्थक रुप दिन आफु र उज्यालो भबिस्य दोलखाले गर्नुपर्ने प्राबिधिक सहयोग उपलब्ध गराउन समेत प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा रानु श्रेष्ठ र राजन बस्नेतले बालमैत्री स्थानीय शासन सम्बन्धि अवधारणा, सुचक र चरन सम्बन्धी जानकारी गराउनुभएको थियो।
कार्यक्रममा तामाकोसी गाउँपालीकाका ७ वटा वडाहरु बाट बाल क्लबका अध्यक्ष तथा पदाधिकारी,सदस्यहरु र शिक्षक
हरुको उपस्तिथिरहेको थियो भने तालिम भोली सम्म संचालक आयोजकले जानकारी दिएको छ ।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
