विद्यार्थीहरुलाइ योग सिकाउदै त्रीपुरा ग्लोरीयस एकेडेमि चरिकोटले मनायो नवौं अन्तर्राष्ट्रिय योग दिवस

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

राजन बस्नेत /फोटो फिचर

दोलखा ६ असार । विद्यार्थीहरुलाइ योग सिकाउदै त्रीपुरा ग्लोरीयस एकेडेमि चरिकोटले नवौं अन्तर्राष्ट्रिय योग दिवस
सभ्य र भब्य रूपमा मनाएको शिक्षक अर्जुन जिम्बा तामाङले जानकारी दिनुभएको छ ।
शिक्षक जिम्बाको अनुसार  बिधालयका विद्यार्थीहरुलाइ योग सिकाउदा विद्यार्थीहरुको चौतर्फी बिकास ,अनुशासन ,लगनशील कर्मशील र धैर्यशील र इमानदारी बन्न समेत महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने भएको हुँदा बिधालयले अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीकोहरुलाई समय उपलब्ध गराएर विद्यार्थीहरुको अर्थपूर्ण सहभागीता गराउदै आएको जानकारी दिनुभयो ।

तपाईंको उमेर जतिसुकै होस् । तपाईंको अवस्था जस्तोसुकै होस् । योग गर्नका लागि कुनै छेकबार छैन । जहाँ पनि, जहिले पनि तपाईंले योगलाई आफ्नो दैनिकीको हिस्सा बनाउन सक्नुहुन्छ ।

हामीकहाँ योगको अभ्यास सदियौंदेखि हुँदै आएको छ । हाम्रा पूर्खाहरूले यसको अभ्यास, विकास र विस्तार गरे । आजको दिनमा भने योगको महिमा र महत्वलाई हामीले भुल्दै गएका छौं ।
जीवनको उद्देश्य भनेको नै जीवन जिउने सर्वोत्तम तरिका बुझ्नु हो । योगको सुत्रधार महर्षि पतञ्जलीलाई मानिन्छ। उनले योग अभ्यासको विधिहरू पहिल्याएका थिए । साथै, आफैँमाथि सफल अभ्यास गरेका थिए । उनी एक योगी तथा एक ज्ञानी थिए, जो इशापूर्व पाँचौं शताब्दीअघि जन्मिएको मत पनि पाइन्छ ।

उनले योगीको जीवन र अभ्यासको जानकारी जम्मा गरे र त्यसलाई विस्तार गरे । उनले योग सूत्र लेखे, खासमा उनी योगको प्रमाण, चेतना र मानवीय परिस्थितीको सूत्र हुन् । विज्ञहरू भन्छन्, योग ब्रह्मान्ड जतिकै प्राचीन हो । योगको उद्देश्य जीवनलाई साँचो रुपमा बुझ्नु हो । साथै, आफूलाई जीवन र मृत्युको चक्रबाट अलग गर्नु पनि हो ।

संस्कृतमा योग शब्दको अर्थ जोड्नु वा मिलाउनु हो । स्वय‌ंलाई जान्नु हो ।

योगको अनेकन फाइदा छन् । शारीरिक फाइदा छ, मानसिक फाइदा छ, आत्मिक फाइदा छ । अर्थात् समग्र र सम्पूर्ण रुपमा हाम्रो शरीर यसबाट लाभान्वित हुन्छ। योगसुरु गर्नसाथ हामीले केही परिवर्तन अनुभव गर्न सक्छौं । जस्तो आज तपाईं बिहान उठेर केही क्षण योग गर्नुभयो । तपाईंमा एक किसिमको ऊर्जा र उमङ्गको अनुभव हुन्छ । शरीर फुर्तिलो र चुस्त लाग्नेछ।

अहिले धेरैजसो मानसिक रोगले ग्रस्त छन् । मानसिक विकार बढेको छ । डिप्रेसन, चिन्ताजस्ता समस्याले धेरैलाई सताएको छ। उनीहरू यस्तै मानसिक विकार हटाउन योग गरिरहेका छन् । मनको शुद्धीकरणको माध्यमको रुपमा योगलाई अपनाएको छन् ।

योग गरेपछि मनका बेचैनी, तनाव पनि हराएको अनुभव हुनेछ । योगले हाम्रो तनाव, चिन्ताको स्तर घटाइदिन्छ। मनमा सकारात्मक भाव पैदा हुन्छ । एकदिन मात्र योग गर्दा पनि त्यसबाट कुनै न कुनै सकारात्मक परिवर्तनको अनुभव हामीले गर्न सक्छौं ।

एक पटक सही र समुचित ढंगले योग गरिसकेपछि यसलाई निरन्तर रुपमा अपनाउन मन लाग्छ। नियमित रुपले योग गरिरहँदा शरीर लचिलो, फुर्तिलो, तन्दुरुस्त अनुभव हुनेछ । मन चङ्गा हुनेछ । यससँगै योग र व्यायामले दीर्घकालीन रुपमै निरोगी र तन्दुरुस्त बनाइराख्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

त्यसो त योगले क्यान्सरजस्ता कतिपय घातक रोगको सम्भावित जोखिमबाट मुक्त राख्छ ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.