दोलखामा दुई दिन देखि सार्वजनिक यातायात अबरुद्ध : यात्रुहरु मारमा

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखामा दुई दिन देखि सार्वजनिक यातायात अबरुद्ध : यात्रुहरु मारमा

राजकुमार भुजेल

दोलखा ५ असार दोलखामा रोल्वालिङ र पुर्व अरनिको यातायात विच विवाद हुँदा सार्वजनिक यातायात सञ्चालन प्रभावित भएको छ। जिल्लाको सदरमुकाम चरिकोटमा सोमबार देखि काठमाडौं छुट्ने सार्वजनिक यातायात चल्न सकेका छैनन्।
हिजो बिहानै देखि रोल्वालिङ यातायातले पुर्वअरनिको यातायात सञ्चालनमा निशेध गरेपछि दुवै तर्फका यातायातका साधन नचलेको हो ।

  1. काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले असार १ गते देखि नयाँ बसपार्क गोङ्गबुबाट अनिवार्यरुपमा लामो तथा मध्यम दुरिका सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने नियम लगाएपछि रोल्वालिङ यातायातले नया बसपार्कमा काउन्टर खोलेर बसेको थियो ।
    तर नयाँ बसपार्कबाट यातायात सञ्चालन व्यवाहारिक नभएको भन्दै पूर्व अरनिको यातायातले रोल्वालिङ यातायातको बसमा अवरोध गरेपछि विवाद उत्पन्न भएको हो। विवाद झनझन चर्किए पछि दुइ यातायात बिच हिजो बेलुका बसेको बैठक निष्कर्ष बिना आज सम्मको लागि स्थगित भएको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले बोलाउनुएको हिजोको बैठकमा सहमति जुटन नसक्दा निष्कर्ष बिना नै आज बिहान ५ बजे सम्मको लागि स्थिगित भएको थियो।
    तर मङ्गलबार बिहान पनि बैठक बस्न सकेको छैन। जसका कारण दोलखाबाट काठमाडौं सम्म जाने यात्रुहरु मारमा परेका छन्।
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.