२८ बर्ष पछी पुनः दोलखामा बज्रधर ईन्द्र 

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

 

राजन बस्नेत

फोटो फिचर

दोलखा २० जेष्ठ । दोलखाको भीमेश्वर नगरपालिका –२ को प्राचीन नगरी दोलखामा करिब तीन दशकपछि बज्रधर मूर्ति कुलायनमा भित्राइएको छ ।

यहाँको कोर्छे टोलबाट हराएको २८ वर्षपछि भेटिएको उक्त मूर्ति पूजा तथा वैदिक विधि विधान गरी श्रेष्ठ परिवारको कुलायनमा भित्राइएको इतिहासका जानकार तीर्थनारायण जोशीले जानकारी दिनु भयो ।

नेपालमा पहिलो सिक्काको प्रचलन भएको दोलखा सहर मन्दिर र मूर्तिहरुको सहर पनि भनिन्छ । उजोत देवले दोलखा सहरमा शासन गरेको समय नेसं ५९० (विसं १५१६) मा राजा इन्द्रको प्रतिक स्वरुप स्थापना गरिएको बज्रधर ई न्द्रको मूर्ति झण्डै तीन दशक अघि हराएको थियो ।
हरेक बर्ष भदौमा इन्द्रजात्राको पाँच दिन प्रर्दशन गरिने बज्रधर ईन्द्रको मूर्ती हराएको २८ बर्षपछि बेलायत निवासी डा.एमिलिन स्मिथको विशेष पहलमा हङकङ हुदै नेपाल फर्कीएको हो । गत बर्षको भदौमा यो मूर्ति हङकङ स्थित अन्तराष्ट्रिय आर्ट डिलर रोस्सी एण्ड रोस्सीसंग सङ्कलनमा रहेको जानकारी सम्पदा खोजि अभियान अस्ट आर्टस अफ नेपालले दिएको थियो । यो दोलखाबाट हराएको जानकारी भएपछि हङकङ स्थित महाबाणिज्य दुतको कार्यालय मार्फत दोलखा भित्रिएको हो ।
आजको दिन हाम्रो लागि कुनै उत्सव भन्दा कम छैन, हामीले आजको दिनलाई हराएको अभिभावक फर्कीएको शुखद दिन मानेका छौ – शुक्रवार २८ बर्ष पछि फर्कीएको मूर्ती प्रतिस्थापनको माहौलमा रमाएका स्थानीय अनिल चन्द्र श्रेष्ठ भने ।
२०५२ साल भदौ १४ गते कोर्छेको श्रेष्ठ खलकको गुठी परिवारबाट चोरी भएको बज्रधर ईन्द्रको मूर्तिलाई बाजागाजा सहित खटमा राखेर भजन किर्तन सहित नगर परिक्रमा गराईएको थियो । २८ बर्ष पछि घर फर्कीएको बज्रधर ईन्द्रको मूर्ति हेनै सयौ संख्यामा दोलखा र आसपासका मानिस भेला भएका थिए ।


बज्रधर ईन्द्रको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराईए पछि भीमेश्वर मन्दिरको भण्डार घरमा लगि राजमुकुट पहि¥याईएको थियो । त्यसपछि कोर्छे टोलका जेष्ठ नागरिक कृष्णकुमार श्रेष्ठले विधि पुर्वक पुजा गरेर दुधले स्नान गरी मुकुटसहित बज्रधर ईन्द्रलाई हराएको घरको आ“खीझ्यालमा लगेर सबैलाई दर्शन गराएका थिए ।
बज्रधर ईन्द्रको मूर्ति हराएपछि दोलखा सहरमा जात्रा पर्वनै मासिएला जस्तो भएको थियो स्थानीय बिराजमानले भने– मूर्ति फर्किएपछि सहरमा रौनक आएको छ ।
राजा इन्द्रको प्रतिक मानिएको बज्रधर ईन्द्रको मूर्तिलाई बुद्धको प्रतिमा समेत ठानिने गरिन्छ । पलेटी मारेर बसेको मुर्तिको दाया“बा“या हातमा बज्र रहेको छ । बौद्ध परम्परा अनुसार बज्रयान परम्परा अन्र्तगतको मुर्ति भएकाले यसलाई बुद्धको मुर्ति पनि भनिएको इतिहासका जानकार स्थानीय तीर्थ नारायण जोशीले बताए ।
मूर्ति दोलखा सहर भित्रदा पर्यटन राज्यमन्त्री शुसीला सिपाईली, जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुराम घतानी, भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धर,उपप्रमुख कमला बस्नेत , एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, संस्कृतका अध्यता स्थानीय शान्तकृष्ण श्रेष्ठ, सुनिल मास्के, वडा नम्बर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

तस्वीर सौजन्य: सन्जिप श्रेष्ठ

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.