जिल्ला स्तरीय खुल्ला वक्तृत्वकलामा प्रथम ढुङ्गेललाई प्रदेश स्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अबसर
साझा दृष्टि संवाददाता
राजन बस्नेत
दोलखा १९ जेष्ठ । जिल्ला युवा समिति दोलखाको आयोजनामा आयोजित जिल्ला स्तरीय खुला वक्तृत्वकला प्रतियोगितामा सहिद स्मृति आवसिय मावि जिरीकी मेलिशा ढुङ्गेल प्रथम स्थान हात पार्न सफल भए सगै बागमती प्रदेश स्तरको प्रतियोगितामा समेत प्रतिस्पर्धा गर्न दोलखा बाट प्रतिनिधित्व गर्ने भएकि छन् ।
युवा र नवपर्वतन शिर्षकमा आयोजना गरिएको प्रतियोगितामा सहिद स्मृति आवसिय मावि जिरीकी मेलिशा ढुङ्गेल प्रथम,पशुपति कन्या मन्दिर मावि चरिकोटको विपना नेपाली द्वितिय र मेलुङ गाँउपालिकाका सुदिप कुमार कार्की तृतिय स्थान प्राप्त गर्न सफल हुनुभएको जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाभरीका २० जनाको सहभागिता रहेको प्रतियोगीतामा विजयी प्रतियोगीहरुलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले क्रमशः १५ हजार, १० हजार र पाँच हजार नगद सहित प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुराम घतानी, शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका प्रमुख शङ्कर बाबु श्रेष्ठ, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, कालिञ्चोक माविका प्रधानाध्यापक शम्भु गौतम, कालिञ्चोक गाँउपालिकाको शिक्षा शाखा प्रमुख रोशनी आचार्य, सर्व मावि जिलुको प्रधानाध्यापक विश्वमणी चौलागाई, भीम माविको नेपाली शिक्षक समिरा वस्नेत, भिम थापा लगायतको सहभागिता रहेको थियो ।
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
