गर्भ देखी सुरु हुने महिला हिंसामा राज्य गम्भीर हुनु जरुरी छ
साझा दृष्टि संवाददाता
सुस्मिता पोखरेल
दोलखा १४ जेष्ठ । आजको एकाइसौ सताब्दीमा पनि महिला हुनुको पिडा महिलाले जन्म देखि मृत्यु सम्म नै धेरै पिडाहरु सहनु भोग्नु परेको परीस्थिती आजको समाजमा जीउँको तिउ नै छ ।
गर्भमा हुदा छोरी भएर गर्भमानै मारिनुपर्नेको पिडा धर्तीमा जन्म लिसकेपछी छोरी भएको कारणले गर्दा शिक्षामा विभेदको पिडा अनि महिनावारी हुदा तिरस्कार हुनुको पिडा अपमान हुनुको पिडा र बिबाहमा दाइजो प्रथाको कारणले गर्दा हुने हिंसाले गर्दा महिलाले अझसम्म पनि आफुलाई असुरक्षित महसुस गर्नु पर्ने बाध्यता रहेको छ ।
गर्भदेखि सुरु हुने महिला हिंसा पलपलमा भईरहेको छ। सहरका स्तरीय मानिएका अस्पताल र मेडिकलहरुमा दैनिक हुने गर्भपतन मध्य ठूलो हिस्सा भ्रुण पहिचान पछिको हत्या हो। त्यसो त गाउँका सामान्य मेडिकलमा बेचिने बिभिन्न नामका औषधिहरु पनि प्रायः अवैध गर्भपतनका लागि प्रयोग हुन्छन्।
पुरुषको जिद्धि र लापरबाहीका कारण रहने गर्भ अनि उसकै कारणले गर्नुपर्ने गर्भपतनले महिलाको मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ। अज्ञानता मात्र नभएर करकापले हुने गर्भपतनको हिस्सा ठूलो छ। छोराको आशमा परिवारको दबाबले एउटी महिलाले ५/६ पटकसम्म गर्भपतन गर्ने गर्दछन्। त्यसो त टोल टोलमा घरेलु हिंसा भोगी नसक्नुको छ।
अहिले पनि हुनेखानेदेखि हुँदा खानेसम्मको पोल्टामा हिंसाले जरा गाडेको छ। स्कुल/कलेज, मेला/पर्व, सवारी साधनदेखि यत्रतत्र प्रत्यक्ष रुपमा महिलामाथि हिंसा हुने गरेका तथ्य सार्वजनिक भईरहन्छन्। संसारकै सुरक्षित यात्राका रुपमा चिनिएको तथा अलि हुनेखानेहरुले प्रयोग गर्ने हवाई यात्राको सुरुवातीमा समेत महिलामाथि बिभेद हुने गरेको छ। प्लेन उड्नुभन्दा थोरै अगाडि आवाज आउँछ ‘महिला तथा सज्जन बृन्द’। महिला ‘सज्जन बृन्द’ हुने दिन आजसम्म आएको छैन।
पुर्खाले जिम्मा दिइएको पेशामा लिन महिलाहरु आज पनि हिंसाको चरम बिगबिगिमा रहनुले आधुनिक समाजको खिल्ली उडाईरहेको छ। मे २८ अर्थात बिश्व महिला स्वास्थ्य दिवस देशै भर मनाई रहँदा कानुनमा लेखिएको अधिकार आज पनि उधारो रहेको तथ्य सबै सामु छर्लङ्ग छ।
नेपालमा पछिल्लो जनगणना अनुसार २ करोड ९१ लाख ९२ हजार ४८० जनसंख्यामा महिलाको संख्या १ करोड ४१ लाख १ हजार १ सय ६९ अथात ५१.०४ प्रतिशतभन्दा बढी जनसंख्या महिलाको छ। आधाभन्दा बढी जनसंख्या र उनीहरूका आवश्यकतालाई प्राथमिकताका साथ सम्बोधन गरिएन भने दिगो विकास लक्ष्यले लिएको समानता सम्बन्धी लक्ष्य पूरा हुन सक्दैन। समाजका हरेक तहमा रहेको संरचनात्मक असमानताका कारण महिलाहरूको श्रोत र साधनमाथि पहुँच र नियन्त्रण हुन सकेको छैन। महिलाले गर्ने काम भनिने सेवा मूलक तथा कृषि क्षेत्रको कामहरूलाई हालसम्म पनि “उत्पादनशील कार्यको रूपमा” मान्यता दिइएको छैन। उनीहरूको कामले मान्यता र सम्मान नपाएकै कारण उनीहरू धेरै जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य छन्।
पितृसत्तात्मक सोचका कारण विभिन्न समयमा विभिन्न बाहनामा सरकारद्वारा लगाइएको प्रतिबन्धले महिलाको आफ्नो जीवन, काम र गतिशिलताको मौलिक अधिकारमाथि धावा बोलिरहेको छ। देशमा रोजगार र आत्मसम्मानको अवसर नभएका कारण उनीहरु भारतको बाटो हुँदै जोखिम मोलेर विदेसीन बाध्य छन्। मानव बेचबिखन जस्तो जघन्य अपराधको सिकार हुने समेत गरेका छन्। यस्ता आवश्यक्ताहरु संवोधनका लागि सरकारले नीति तथा कार्यक्रमको व्यवस्था गर्न र महिला सशक्तीकरणलाई मुख्य केन्द्र बिन्दुमा राखी काम गर्न आवश्यक छ।
समग्रमा भन्दा आज पनि महिलामाथि हुने बिभिन्न प्रकारका हिंसाले समाज प्रताणित छ। देशमा रहेका तीनै तहका सरकारले महिला अधिकारका बारेमा चासो दिनु पर्ने देखिन्छ भने कानुनले दिएका हकका बारेमा महिलालाई सुसूचित गराउनु आम नागरिकको दायित्व पनि हो।
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
