झापामा जंगली हात्ती रोक्न संयुक्त गस्ती

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

भारतबाट दिनहुँ आउने जंगली हात्तीको हुल रोक्न झापामा गस्ती गर्न थालिएको छ। हुलमा आउने जंगली हात्ती रोक्न मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा संयुक्त गस्ती गर्ने गरिएको छ।

डिभिजन वन कार्यालयका कार्मचारी, सशस्त्र प्रहरी र स्थानीयवासीले हात्तीलाई गाउँ पस्न नदिन संयुक्त गस्ती सुरु गरेको वडा नं ४ का अध्यक्ष अर्जुन कार्कीले जानकारी दिए। उनले दैनिक भारत तर्फबाट बाहुनडाँगीको विभिन्न गौँडा प्रयोग गरेर नेपाल प्रवेश गर्ने हात्तीले पाकेको मकै, सुपारी र बाँस क्षति पुर्याउन थालेका जानकारी दिए ।

बाहुनडाँगीमा विद्युतीय घेरबार समेत तोडेर हात्ती गाउँ पस्ने गरेका छन्। विद्युतीय घेरबार भएको सबै क्षेत्रमा बाटो नहुँदा गस्ती गर्न समस्या भएको कार्कीले बताए।

प्रकृति संरक्षण कोषले बाहुनडाँगीमा हात्ती द्वन्द्व व्यवस्थापन गर्ने उद्देश्यले २०७२ सालमा तिरिङदेखि नकलबन्दासम्मको १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारवार निर्माण गरेको छ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.