वडा सम्मेलन गर्न नेपाली काङ्ग्रेस जिरी नगरपालिकाले तोक्यो वडा संयोजकहरु
साझा दृष्टि संवाददाता
राजन बस्नेत
दोलखा १३ जेष्ठ । नेपाली काङ्ग्रेस जिरी नगरपालिकाले नगरपालिका र वडा सम्मेलन गर्न ९ वटै वडा तहमा संयोजकहरु तोकेको छ ।
नेपाली काङ्ग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार पार्टीको बिधानमा भएको ब्यवस्था अनुसार सम्मेलनको तयारी गर्न सबै वडामा संयोजक तोकिएको सम्मेलन तयारीका संयोजक कार्यक्रमका प्रमुख अतिथि सुदर्शन कार्कीले जानकारी दिनुभयो जानकारी दिनुभयो ।
वडा सम्योजकहरुमा निम्न अनुसारको ब्यक्तिहरुलाई जिम्मेवारी दिईएको काङ्ग्रेस जिरी नगरपालिकाका सभापति सोनाम शेर्पाले जानकारी दिनुभयो ।
जिरी नगरपालिका १ अनिल कार्की
जिरी नगरपालिका २ आङ्पासाङ शेर्पा
जिरी नगरपालिका ३ ङावा शेर्पा
जिरी नगरपालिका ४ दोर्जी शेर्पा
जिरी नगरपालिका ५ मकर तामाङ
जिरी नगरपालिका ६ नर बहादुर जिरेल
जिरी नगरपालिका ७ लीला देवि जिरेल
जिरी नगरपालिका ८ गणेश जिरेल
जिरी नगरपालिका ९ भोलाराम
वडामा खटिएका संयोजकले वडामा पुगेर सम्मेलन गर्ने छन। वडामा तोकिएका संयोजकले वडाका टोल टोलमा गएर टोलसमिती गठन गर्ने, पार्टी भातृ संगठन बिस्तार तथा बाकी रहेका र क्रियाशिल नरहेका कार्यसमितिलाई बिधान अनुसार पुर्णता दिने छन ।
जेष्ठ १८ गते नगरपालिका सम्मेलन सम्पन्न गरेर काङ्ग्रेस पार्टी कार्यालयमा प्रतिबेदन बुझाउने जिरी नगरपालिका संयोजक कार्कीले बताए ।
कार्यक्रम नेपाली काङ्ग्रेस जिरी नगरपालिका कार्यसमिति सभापति सोनाम शेर्पाको सभापतित्वमा सम्पन्न भएको थियो ।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
