किसानहरुको सारथि बन्दै भीमेश्वर नगरपालिका वडा न:३
साझा दृष्टि संवाददाता
राजन बस्नेत
दोलखा ११ जेष्ठ । भिमेश्वर नगरपालिका वडा न ३ ले व्यावसायिक कृषकहरुलाई आज एक समारोहका बीच टनेलका लागि प्लाष्टिक वितरण गरेको छ ।
भीमेश्वर नगरपालिका वडा न ३ ,पाखाटाेल,खैदल,सर्पा ढाडखर्क,तार्थलि क्षेत्रका ३२ जना किसानहरुलाई ५० प्रतिशत अनुदानमा ७० वटा टनेल प्लास्टिक वडा अध्यक्षको उपस्थितमा वितरण गरीको वडा सचीव लीला तामाङले जानकारी दिनुभयो ।
व्यावसायिक कृषकहरुलाई टनेल प्लास्टिक वितरण गर्दै भिमेश्वर नगरपालिकाका वडा न ३ का अध्यक्ष हरिशरण शिबाकाेटिले परम्परागत खेती प्रणालीमा आधुनिक प्रविधी प्रयोग गरी व्यवसायीक तरकारी उत्पादनमा जोड दिनको लागी टनेल उपलब्ध गराएको भन्दै टनेलको सहि ठाउँमा सदुपयोग गरी उत्पादन वृद्धि गर्न समेत आग्रह गर्नुभयो ।
अध्यक्ष सिवाकोटीले उत्पादन बृद्धि गराउन सके मात्र मानिसको आयआर्जनमा समेत सुधार हुने र जिबिको पार्जन बाट व्यावसायिकता तर्फ अगाडि बढ्नका लागि सहज वातावरण सिर्जना गर्नको लागि र किसानहरुको हक , अधिकार र संरक्षणमा आफुहरु निरन्तर लागि परीरहेको जिकिर गर्नुभयो ।
१० मिटर लम्बाई र ६ मिटर चौडाईको उक्त टनेल प्लास्टिक प्रतिगोटा ४५ सय रुपैया मूल्य रहेकोमा किसानहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको वडा सचिव लिला तामाङले जानकारी दिनुभयो ।
टनेल प्लास्टिक पाए पछि किसान खुशी हुँदै भन्छन् वडा अध्यक्ष हुनु त हरी सिवाकोटी जस्तो बास्तबिक किसानको पिर मर्का बुझ्ने र जे बोल्छ तेहि गर्ने ।
बागमती प्रदेशकाे चालु आर्थिक बर्षको बजेटबाट आज एक कार्यक्रमका बीच किसानहरुलाई टनेलका लागि प्रयोग हुने प्लास्टिक वितरण गरीएको हो ।
केही दिन अगाडि मात्र भीमेश्वर ३ ले किसानहरुलाइ हाते ट्याक्टर समेत बितरण गरेको थियो ।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
