दोलखा काङ्ग्रेस भन्छ डिम्याट खाता नखोलेकै कारण दोलखाली जनता पुनः खुलाउने राइट सेयर बाट बन्चित नहौउन

साझा दृष्टि संवाददाता
dav

साझा दृष्टि संवाददाता

राजन बस्नेत
दोलखा १० जेष्ठ । स्वदेशी लगानीमा निर्माण भएको नेपालकै ठुलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले प्रभावित क्षेत्र बासिको लागि प्रदान गरेको शेयरलाई डि म्याड खातामा अभौतिकिकरण ( स्थान्तरण ) गर्नुपर्ने झन्झटिलो प्रक्रियाको कारण ७०% दोलखाली सेयर धनिले डि म्याड खाता नखोलेको प्रती नेपाली काङ्ग्रेस दोलखाले जारी गरेको नेपाली काङ्ग्रेस पार्टी सभापति बर्मा लामा द्घारा हस्ताक्षरीत प्रेस बिज्ञप्तिमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
नेपाली काङ्ग्रेस दोलखाले ठुलो संघर्ष गरी दोलखा बासिको लागी थप सेयर माग गर्दा समेत ब्यवास्ता गरि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दोलखा बासिको लागि बल्ल तल्ल छुट्याइएको १०% अर्थात १ करोड ५ लाख ९० हजार कित्ता सेयर ५ बर्ष अघि २ लाख ९६ हजार दोलखा बासिहरुले खरिद गरेका थिए । यसरी खरिद गरेको १० % सेयर अन्य क्षेत्रका नागरिकहरुले पाएको तुलनामा दोलखा बासी नागरिकको हकमा खासै उपलब्धि  मुलक रहन नसके काङ्ग्रेस नेता सभापति लामाले जिकिर गर्नुभयो ।


ठुलो संघर्षका वाबजुत सेयर खरीद गरेपछि कारोबार गर्न डि म्याड खाता खोली अनिवार्य रूपमा आफ्नो डिम्याड खातामा
अभौतिकिकरण तथा स्तान्तरण गर्नुपर्नेमा विभिन्न झन्झटिलो प्रक्रियाहरु र बैंकको पहुँच गाउँ सम्म नभएको कारण हाल सम्म लगभग ३०% दोलखाबासीले पनि डिम्याट खातामा अभौतिकिकरण नगरेको प्रति समेत दोलखा काङ्ग्रेसको गम्भीर ध्यानाकर्षण भएको र यसरी डिम्याट खातामा अभौतिकरण नगर्दा माथिल्लो तामाकोसीले पुनः खुलाउने राइट सेयर बाट ठुलो सङ्ख्यामा दोलखाली जनता बन्चित हुने र दोलखा बासिले अनुमानित ३ अर्ब नाफा गुमाउनु पर्ने
अबस्था सिर्जना भएको छ , यो अबस्था आउन नदिन सम्बन्धि सरोकारवाला निकाय गाउँ -गाउँ,टोलटोलमा गएर डिम्याट खाता खोल्न लगाइ खातामा अभौतिकिकरण गर्ने ब्यबस्था मिलाउन समेत सभापति लामाले सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको छ ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.