तामाकोशी नदीमा मृत फेला परेका सवारी चालकलाई क्षतिपूर्तिको माग गर्दै स्थानीय आन्दोलमा

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

राजन बस्नेत
दोलखा १० जेष्ठ । तामाकोशी नदीमा मृत फेला परेका सडक डिभिजन कार्यालय दोलखाका सवारी चालकको परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दाले आन्दोलन सुरु गरेका छन् ।

मृतक सडक डिभिजन कार्यालय चरिकोटका सवारी चालक थिए । कार्यालयको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै परिवारजन र आफन्तजन आन्दोलनमा उत्रिएका हुन । पीडित परिवारले उचित क्षतिपूर्ति पाउनुपर्ने उनीहरूको माग छ ।
मृतकका आफन्तले सडक बिभागका ठेकेदारको आग्रहमा चालक नारायण थामी काम गर्न गएकोले मृत्यु भएको बताएका छन् । उनीहरूले क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय चरिकोट परिसरमा प्रदर्शन गरेका छन् । ठेकेदार झिकाएर आफूहरुको माग सम्बोधन गर्नुपर्ने माग गर्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् । चालकले पाउने बिमा वापतको रकम मृतकका परिवारले पाउनुपर्ने उनीहरूको माग छ । डाईभरको मृत्यु शंकास्पद भएकोले पीडितले न्याय पाउनुपर्ने भन्दै टायर बालेर प्रर्दशन भएको हो ।

भीमेश्वर नगरपालिका १ सुष्पाक्षमावतीका ३६ बर्षिय नारायण थामी जेठ ८ गते मृत फेला परेका थिए ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.