बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता
प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्ने भएको छ।
बालेन शाहलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको रास्वपाले झन्डै दुई तिहाइ मत ल्याएको छ।
‘हामीले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा गएका थियौं। एक प्रकारले भन्दा हाम्रो संसदीय दलको नेता बालेन शाहलाई नै हो। उहाँलाई दलको नेता बनाउन विधानमा केके प्रावधान हेरफेर गर्नुपर्छ, हामी त्यो गर्छौं,’ रास्वपाकी सहप्रवक्त प्रतिभा रावलले सेतोपाटीसँग भनिन्।
रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता छनोटको प्रावधान छ।
विधानको धारा ६६ (८) को (क) मा संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट संघीय निर्वाचनको लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधि सभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुने व्यवस्था उल्लेख छ।
त्यस्तै उपधारामा (ख) दल नेता चयनका लागि हुने निर्वाचनमा निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने प्रावधान राखिएको छ। रास्वपाले यसैलाई संशोधन गर्न लागेको हो। संशोधनका अन्तर्वस्तुबारे अहिले छलफल नभइसकेको पनि रावलले बताइन्।
‘हामीले विगतमा पनि अभ्यास गरेका थियौं। अहिले चुनावअगावै प्रधानमन्त्री तोकिसकेको अवस्थामा सहजीकरणका लागि के गर्नुपर्छ हामी छलफल गर्छौं,’ उनले भनिन्।रास्वपाको मौजुदा विधानमा कुल खसेको सदर मतको (५० प्रतिशत+१) को संख्यामा मत ल्याउने उम्मेदवार पार्टीको तर्फबाट संसदीय दलको नेता हुने र कुनै पनि उम्मेदवारले कुल सदर मतको (५० प्रतिशत+१) को संख्या प्राप्त गर्न नसकेमा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन हुनेछ र विजयी उम्मेदवार पार्टीको तर्फबाट संसदीय दलको नेता हुने व्यवस्था छ।
राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक उम्मेदवार छान्ने गृहकार्यमा जुटेको छ। पार्टी सभापति रवि लामिछाने केही दिनदेखि अस्वस्थ भएर घरमै स्वास्थ्य लाभ गरिरहेकाले बैठक बस्न ढिलाइ भइरहेको पनि रावलले बताइन्।गत फागनु २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइका लागि दुई सिट अपुग हुने गरी १८२ सिट जितेको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट ल्याएको थियो।
समानुपातिक उम्मेदवार छनोटका लागि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच अनौपचारिक कुराकानी भइरहेको पार्टीका नेताहरूले बताएका छन्।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
12 घण्टा अगाडि साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
