दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न भएको छ।जिल्लाको सदरमुकाम चरिकोट स्थित सातदोबाटोमा भिमेश्वर नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दोलखाको सह-आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रममा उपप्रमुख कमला बस्नेतले लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तह, समुदाय, विद्यालय तथा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो । प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोगले महिला तथा बालिकामाथि बढ्दै गएको साइबर तथा अन्य प्रकारका हिंसा रोकथाममा प्रभावकारी भूमिका खेल्नेमा जोड दिनुभयो।उहाँले लैङ्गिक समानता, न्यायप्राप्ति तथा हिंसामुक्त समाज निर्माण गर्न निरन्तर जनचेतनामूलक गतिविधि आवश्यक रहेको समेत धारणा राख्नुभयो।

 

त्यस्तै कार्यक्रममा नगर प्रमुख इश्वर नारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी ज्ञान कुमार महतो सहित सुरक्षा निकायका प्रतिनिधि, कर्मचारी, समाजसेवी तथा स्थानीय नागरिक तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.