नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाता
बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन् ।
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित ‘एक स्वास्थ्य सहर, एक स्थानीय तहमा एक नमूना स्वास्थ्य संस्था’ का लागि प्रदेश स्वास्थ्य सहजकर्तालगायतको पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रममा उनले नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर काम भइरहेको बताएका हुन् ।
मुख्यमन्त्री बानियाँले नागरिक स्वास्थ्य भए मात्र समाज र राष्ट्र स्वास्थ्य हुने भन्दै स्वास्थ्य सेवालाई प्रभावकारी बढाउन प्रदेश सरकारले स्वास्थ्य नीति बनाएर काम गरिरहेको बताए ।
प्रदेश सरकारले यहाँ ‘एक जिल्ला एक स्वास्थ्य सहर’ कार्यक्रम सञ्चालन गर्न लागेको छ । प्रदेश सरकारले स्वास्थ्य सेवा क्षेत्रलाई विशेष प्राथमिकता दिएर ‘एक जिल्ला एक स्वस्थ सहर’, ‘एक स्थानीय तह एक नमूना सहर’, ‘एक विद्यालय एक नर्स’ तथा स्वास्थ्य बिमालगायत कार्यक्रम अघि बढाएको उनले बताए ।
मुख्यमन्त्री बानियाँले गुणस्तरीय सेवामार्फत स्वास्थ्य प्रदेश बनाउन क्यान्सर, हृदयरोग तथा डायलासिस सेवालाई बिस्तार गरिएको उल्लेख गरे ।
प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले स्वास्थ्य क्षेत्रमा सुधार गर्न सर्ने र नसर्ने दुवै प्रकृतिका रोग नियन्त्रणका लागि ठोस योजना बनाएर काम भइरहेको बताए ।
कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका पालिका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिको सहभागिता रहेको स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले जानकारी दिइन् ।
नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाताबागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...
नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाताएसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ। ...
बालेनलाई पितृ शोक
साझा दृष्टि संवाददाताकाठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ। पारिवारिक स्रोतकाअनुसार उनका बुबा रामनारायण शाहको सोमबार...
दोलखा कांग्रेसले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका साथ मनाउने
राजन बस्नेतनेपाली कांग्रेस दोलखाको सभापति बर्मा लामाको सभापतित्वमा बसेको कार्य सम्पादन समिति बैठकले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका...
एमाले दोलखाका पूर्वसचिव दुलाल नेकपामा प्रवेश
साझा दृष्टि संवाददातानेकपा (एमाले) दोलखाका पूर्व पार्टी सचिव तथा शैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश...
अहिलेको सरकारलाई अदालतले संवैधानिक ठहर्याउनै सक्दैन: ओली
साझा दृष्टि संवाददाताकाठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै यसको संवैधानिक परीक्षण...
