फरार रहेका टोपबहादुर रायमाझी बुढानीलकण्ठबाट पक्राउ
साझा दृष्टि संवाददाता
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन्।
प्रहरी उच्च स्रोतका अनुसार उनलाई बुढानीलकण्ठबाट आइतबार साँझ नियन्त्रणमा लिइएको हो। उनी ११औं दिनमा पक्राउ परेका हुन्। उनले प्रहरीसामु आत्मसमर्पण गरेका हुन्।
यसअघि प्रहरीको विशेष टोलीले मंगलबार ललितपुरको सातदोबाटोस्थित उनको घरमा छापा मारेको थियो। सांसद समेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। वैशाख २० गते पक्राउ पूर्जी जारी भएसँगै उनी सम्पर्कविहीन भएका थिए।
नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा रायमाझीका छोरा सन्दीप रायमाझीलाई यसअघि नै बुटवलबाट पक्राउ गरिसकेको छ भने यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणसमेत पक्राउ परिसकेका छन्। काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
