माननीय  कुन्दन राज काफ्लेले गरे ५५ लाख बराबरको सुविधा युक्त एम्बुलेन्स हस्तान्तरण

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता
  • दोलखा ६ जेष्ठ । जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर-६ बुस्तीमा रहेको लालिगुराँस सामुदायिक हस्पिटललाई ५५ लाख बराबरको सुविधा युक्ति एम्बुलेन्स हस्तान्तरण गरिएको छ । द- रोटरी फाउन्डेसनमा आबद्ध तिनवटा देशहरु अमेरिका,युके र नेपालको आर्थिक सहयोगमा उपलब्ध भएको एम्बुलेन्सलाई सनिवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका सदस्य कुन्दन राज काफ्लेले अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
    अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गर्दै प्रदेश सदस्य काफ्लेले बागमती प्रदेशले अस्पतालको भौतिक संरचना निर्माण गर्न पहल गर्ने बताए।
    उनलेे प्रदेश सरकार नागरिकको स्वास्थ्य,शिक्षामा,रोजगार,कृषि उत्पादनमा केन्द्रित रहेको उल्लेख गर्दै अस्पतालमा देखिएका समस्या समाधान गर्न आफ्नो क्षेत्रबाट पहल तथा सहयोग गर्ने उल्लेख गरे ।
    २०७७ सालमा स्थापना गरिएको यस अस्पतालमा एम्बुलेन्स आवस्यक रहेकोे गुनासो बढेपछि रोटरी कल्व पाटनको पहलमा रोटरी फाउन्डेसन आबद्ध तिन वटा देशले रकम संकलन गरेर अस्पताललाई एउटा एम्बुलेन्स सहित ५५ लाख बराबरको उपकरण सहयोग गरेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुरेन्द्र तामाङ जानकारी दिए।युकेका विदेशी सहयोगी दाता द-डोब्रानको पहल सहयोगमा सञ्चालन गरिएको उक्त अस्पतालमा दुई वर्षको अवधीमा करिब ११ हजार दुई सय बिरामीको उपचार गरिसकेको डाक्टर तामाङले बताए।अस्थायी भवनबाटै सञ्चालनमा रहेको १५ शैयाको यस अस्पताललाई भौतिक संरचना देखी अस्पताललाई जनशक्ति समेत अभाव रहेको अस्पतालका निर्देशक डाक्टर तामाङले बताए।प्रयाप्त उपकरण र जनशक्ति मिले जिल्लाभरका बिरामीको सहज रूपमा उपचार गर्न सकिने अस्पताल स्रोतले जनाएको छ।एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बैतेश्वर गाउँपालिकाकि उपाध्यक्ष कल्पना उप्रेती,रोटरी कल्व अफ पाटनका अध्यक्ष शिवकुमार प्रधान,बैतेश्वर गाउँपालिका-३ वडा अध्यक्ष कमल अधिकारी,६ का वडा अध्यक्ष असोक तामाङ ,सामुदायिक विद्यालय महासंघका केन्द्रिय सदस्य रत्न बहादुर दहाल लगायतले अस्पतालको थप व्यवस्थापन गर्ने विषयमा आफ्नो धारणा राखेका थिए।अस्पतालको पछिल्लो तथ्यांक अनुसार बैतेश्वर गाउँपालिकामा धेरैजसो हाडजोर्नीका बिरामी भेटिएकोले अस्पतालले अब केहि दिनमा फिजियोथेरापी उपकरण राखेर बिरामीको उपचार गर्ने जनाएको छ।हिजोआज यस अस्पतालमा वैतेश्वर,जिरी,तामाकोसी र मेलुङ गाउँपालिका बाट बिरामीहरु उपचार गर्न आउने गरेका छन्।यस अस्पताल लालिगुँरास फाउन्डेसनको व्यवस्थापनमा संचालित रहेको छ्।फाउन्डेसनका अध्यक्ष महेश तामाङले जानकारी दिए। ( विशेष न्युज .कम बाट )
नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...

नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।  ...

बालेनलाई पितृ शोक
साझा दृष्टि संवाददाता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ।   पारिवारिक स्रोतकाअनुसार उनका बुबा रामनारायण शाहको सोमबार...

दोलखा कांग्रेसले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका साथ मनाउने
राजन बस्नेत

नेपाली कांग्रेस दोलखाको सभापति बर्मा लामाको सभापतित्वमा बसेको कार्य सम्पादन समिति बैठकले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका...

एमाले दोलखाका पूर्वसचिव दुलाल नेकपामा प्रवेश
साझा दृष्टि संवाददाता

नेकपा (एमाले) दोलखाका पूर्व पार्टी सचिव तथा शैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश...

अहिलेको सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउनै सक्दैन: ओली
साझा दृष्टि संवाददाता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै यसको संवैधानिक परीक्षण...

.