गंगा सोनामले जितिन् नेपाल आइडल सिजन-६ को उपाधि


गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन्।
आइतबार राति भएको ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि ताज पहिरिएकी हुन्। योसँगै नेपाल आइडल विजेता बन्ने दोस्रो महिला गंगा बनेकी छन्। यसअघि सिजन ३ मा आइडलले पहिलो महिला विजेता सज्जा चौलागाईं पाएको थियो।
विजेता बनेसँगै गंगाले पुरस्कारस्वरूप उपाधि ट्रफी, नगद २५ लाख रूपैयाँसहित विभिन्न उपहार समेत जितेकी छन्।
फिनालेमा उपाधिका लागि गंगासँगै अभिनय खाति (दार्जिलिङ), बबिता थापा मगर (सिक्किम), दर्शना गान्धारी (चितवन), मृनल मानन्धर (काठमाडौं) प्रतिस्पर्धामा थिए।
यस सिजनमा बबिता थापा मगर फर्स्ट रनर अप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भए। उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँसहित विभिन्न उपहार प्राप्त गरे। दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो।
सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री बन्ने निश्चित
राजन बस्नेतराष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार बिहानबाटै भएको छलफलले प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने...
गृहमन्त्री लेखकले दिए राजीनामा
राजन बस्नेतगृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...
एकल नारीको कथामा बन्यो टेलिसिरियल ‘हिरा’: ट्रेलर सार्वजनिक
राजन बस्नेतपतिवियोगमा परेकी एकल नारीको कथामा तयार भएको टेलिसिरियल ‘हिरा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण कम्पनि छत्रेश्वरी म्यानेजमेन्ट प्रालिले...
गौरीशंकर ९ रिकुमा स्काभेटर दुर्घटनामा परी चालक घाइते
राजन बस्नेतदोलखाको गौरीशंकर गाउँपालिका–९, रिकुमा स्काभेटर दुर्घटनामा परि एक जना चालक घाइते भएका हुन । पार्किङ खन्ने क्रममा जमिन भासिँदा...
चन्द्रकुबेर खापुङलाई प्रहरीको आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय
साझा दृष्टि संवाददातासरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी)मा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आइजिपी...
अरनिको यातायातमा स्कुटर ठोक्किँदा २ युवकको मृत्यु
राजन बस्नेतकाठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुवैको मृत्यु भएको छ। शुक्रबार बिहान २:५० बजे जडिबुटीस्थत आकाशे पुल...