कांग्रेस दोलखा -काठमाडौं सम्पर्क समितिको बैठक : संगठनात्मक सुदृढीकरण कार्यलाइ प्राथमिकता दिने

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

नेपाली कांग्रेस दोलखा -काठमाडौं सम्पर्क समितिको
नेपाली कांग्रेस दोलखा -काठमाडौं सम्पर्क समितिको महत्वपूर्ण बैठक शनिबार काँडाघारीमा सम्पन्न भएको छ। समितिका सभापति सरोज शिवाकोटीको अध्यक्षतामा बसेको उक्त बैठकले संगठनात्मक सुदृढीकरणसँगै सामाजिक उत्तरदायित्वका कार्यहरूलाई प्राथमिकता दिने निर्णय गरेको छ।बैठकमा नेपाली कांग्रेस दोलखाका पार्टी सभापति वर्मा लामा, प्रदेशसभा क्षेत्र ‘क’ सभापति शुक्रराज तामाङ र विभागीय प्रमुख तथा जिल्ला कार्यसमिति सदस्य राजन अधिकारी , खड्ग प्रसाद शिवाकोटीको विशेष उपस्थिति रहेको थियो।

बैठकले हालसम्म पूर्णता नपाएका दोलखाका विभिन्न गाउँपालिका, नगरपालिका र वडा तहका समितिहरूलाई यथाशीघ्र पूर्णता दिन संगठनात्मक अभियान अघि बढाउने निर्णय गरेको छ। साथै, संविधान दिवस (आश्विन ३ गते) को अवसर पारेर बृहत रक्तदान कार्यक्रम तथा बडादशैं र दीपावलीको सन्दर्भमा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने निर्णय गरिएको छ।सभापति सरोज शिवाकोटीले बैठकमा उपस्थित सबैलाई धन्यवाद दिँदै संविधान दिवसलाई उत्सवका रूपमा मनाउने र पार्टीको सन्देश आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिने भएकाले कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्पर्क समितिले चाँडै नै आगामी कार्यक्रमको विस्तृत कार्यतालिका समेत सार्वजनिक गर्ने जनाएको छ।

सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री बन्ने निश्चित
राजन बस्नेत

राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार बिहानबाटै भएको छलफलले प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने...

गृहमन्त्री लेखकले दिए राजीनामा
राजन बस्नेत

गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

एकल नारीको कथामा बन्यो टेलिसिरियल ‘हिरा’: ट्रेलर सार्वजनिक
राजन बस्नेत

पतिवियोगमा परेकी एकल नारीको कथामा तयार भएको टेलिसिरियल ‘हिरा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण कम्पनि छत्रेश्वरी म्यानेजमेन्ट प्रालिले...

गौरीशंकर ९ रिकुमा स्काभेटर दुर्घटनामा परी चालक घाइते
राजन बस्नेत

दोलखाको गौरीशंकर गाउँपालिका–९, रिकुमा स्काभेटर दुर्घटनामा परि एक जना चालक घाइते भएका हुन । पार्किङ खन्ने क्रममा जमिन भासिँदा...

चन्द्रकुबेर खापुङलाई प्रहरीको आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय
साझा दृष्टि संवाददाता

सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी)मा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आइजिपी...

अरनिको यातायातमा स्कुटर ठोक्किँदा २ युवकको मृत्यु
राजन बस्नेत

काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुवैको मृत्यु भएको छ। शुक्रबार बिहान २:५० बजे जडिबुटीस्थत आकाशे पुल...

.