कांग्रेस दोलखा -काठमाडौं सम्पर्क समितिको बैठक : संगठनात्मक सुदृढीकरण कार्यलाइ प्राथमिकता दिने

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

नेपाली कांग्रेस दोलखा -काठमाडौं सम्पर्क समितिको
नेपाली कांग्रेस दोलखा -काठमाडौं सम्पर्क समितिको महत्वपूर्ण बैठक शनिबार काँडाघारीमा सम्पन्न भएको छ। समितिका सभापति सरोज शिवाकोटीको अध्यक्षतामा बसेको उक्त बैठकले संगठनात्मक सुदृढीकरणसँगै सामाजिक उत्तरदायित्वका कार्यहरूलाई प्राथमिकता दिने निर्णय गरेको छ।बैठकमा नेपाली कांग्रेस दोलखाका पार्टी सभापति वर्मा लामा, प्रदेशसभा क्षेत्र ‘क’ सभापति शुक्रराज तामाङ र विभागीय प्रमुख तथा जिल्ला कार्यसमिति सदस्य राजन अधिकारी , खड्ग प्रसाद शिवाकोटीको विशेष उपस्थिति रहेको थियो।

बैठकले हालसम्म पूर्णता नपाएका दोलखाका विभिन्न गाउँपालिका, नगरपालिका र वडा तहका समितिहरूलाई यथाशीघ्र पूर्णता दिन संगठनात्मक अभियान अघि बढाउने निर्णय गरेको छ। साथै, संविधान दिवस (आश्विन ३ गते) को अवसर पारेर बृहत रक्तदान कार्यक्रम तथा बडादशैं र दीपावलीको सन्दर्भमा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने निर्णय गरिएको छ।सभापति सरोज शिवाकोटीले बैठकमा उपस्थित सबैलाई धन्यवाद दिँदै संविधान दिवसलाई उत्सवका रूपमा मनाउने र पार्टीको सन्देश आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिने भएकाले कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्पर्क समितिले चाँडै नै आगामी कार्यक्रमको विस्तृत कार्यतालिका समेत सार्वजनिक गर्ने जनाएको छ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.