अरनिको यातायातमा स्कुटर ठोक्किँदा २ युवकको मृत्यु
राजन बस्नेत
काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुवैको मृत्यु भएको छ।
शुक्रबार बिहान २:५० बजे जडिबुटीस्थत आकाशे पुल नजिकै सडकछेउमा रोकिराखेको बा प्र ०१,००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसको पछाडिपट्टिको भागमा स्कुटर ठोक्किएको थियो।
कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर बसको पछाडिको भागमा ठक्कर खाँदा स्कुटर चालक र पछाडी सवार व्यक्ति दुवै घाइते भएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार घाइते दुवैलाई तत्काल ट्रमा सेन्टर लगिएको थियो।
दुवैको उपचारका क्रममा मृत्यु भएको हो।
स्कुटर चालक नवलपरासीको सुनौल-१ स्थायी घर भइ हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेललाई बिहान साढे ३ बजे डाक्टरले मृत घोषणा गरेका थिए।
स्कुटरको पछाडि सवा काभ्रेपलाञ्चोक पाँचखाल-२ होस्के घर भएका वर्ष २३ को नितेश नेपाललाई बिहान ३:४७ बजे डाक्टरले मृत घोषणा गरेका थिए।
बस चालक दोलखाको भिमेश्वर नगरपालिका-७ घर भइ हाल काडाँघारी बस्ने वर्ष २५ को सुभाष तामाङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अगाडि बढाइएको एसपी बोहराले जानकारी दिए।
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
