अरनिको यातायातमा स्कुटर ठोक्किँदा २ युवकको मृत्यु

राजन बस्नेत

राजन बस्नेत

काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुवैको मृत्यु भएको छ।
शुक्रबार बिहान २:५० बजे जडिबुटीस्थत आकाशे पुल नजिकै सडकछेउमा रोकिराखेको बा प्र ०१,००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसको पछाडिपट्टिको भागमा स्कुटर ठोक्किएको थियो।
कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर बसको पछाडिको भागमा ठक्कर खाँदा स्कुटर चालक र पछाडी सवार व्यक्ति दुवै घाइते भएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार घाइते दुवैलाई तत्काल ट्रमा सेन्टर लगिएको थियो।
दुवैको उपचारका क्रममा मृत्यु भएको हो।

स्कुटर चालक नवलपरासीको सुनौल-१ स्थायी घर भइ हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेललाई बिहान साढे ३ बजे डाक्टरले मृत घोषणा गरेका थिए।
स्कुटरको पछाडि सवा काभ्रेपलाञ्चोक पाँचखाल-२ होस्के घर भएका वर्ष २३ को नितेश नेपाललाई बिहान ३:४७ बजे डाक्टरले मृत घोषणा गरेका थिए।
बस चालक दोलखाको भिमेश्वर नगरपालिका-७ घर भइ हाल काडाँघारी बस्ने वर्ष २५ को सुभाष तामाङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अगाडि बढाइएको एसपी बोहराले जानकारी दिए।

सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री बन्ने निश्चित
राजन बस्नेत

राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार बिहानबाटै भएको छलफलले प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने...

गृहमन्त्री लेखकले दिए राजीनामा
राजन बस्नेत

गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

एकल नारीको कथामा बन्यो टेलिसिरियल ‘हिरा’: ट्रेलर सार्वजनिक
राजन बस्नेत

पतिवियोगमा परेकी एकल नारीको कथामा तयार भएको टेलिसिरियल ‘हिरा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण कम्पनि छत्रेश्वरी म्यानेजमेन्ट प्रालिले...

गौरीशंकर ९ रिकुमा स्काभेटर दुर्घटनामा परी चालक घाइते
राजन बस्नेत

दोलखाको गौरीशंकर गाउँपालिका–९, रिकुमा स्काभेटर दुर्घटनामा परि एक जना चालक घाइते भएका हुन । पार्किङ खन्ने क्रममा जमिन भासिँदा...

चन्द्रकुबेर खापुङलाई प्रहरीको आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय
साझा दृष्टि संवाददाता

सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी)मा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आइजिपी...

अरनिको यातायातमा स्कुटर ठोक्किँदा २ युवकको मृत्यु
राजन बस्नेत

काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुवैको मृत्यु भएको छ। शुक्रबार बिहान २:५० बजे जडिबुटीस्थत आकाशे पुल...

.