कांग्रेस नेता कार्कीको जान्मदिन : सेतीदेवी प्राविका बालबालिकाले पाए शैक्षिक सामाग्री
साझा दृष्टि संवाददाता
नेपाली कांग्रेस दोलखाका नेता तथा महासमिति सदस्य दामोदर कार्कीले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोडेर फरक ढङ्गबाट मनाएका छन्। उनले भीमेश्वर नगरपालिका–९ स्थित सेतीदेवी प्राथमिक विद्यालयमा अध्ययनरत ३१ जना बालबालिकालाई स्विटर, झोला, कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गर्दै जन्मदिनको खुसी साटे।

जन्मदिनमा प्रायः भोजभतेर वा औपचारिक समारोहमा रमाइलो गर्ने चलन रहँदै आएको छ। तर कार्कीले यस पटक आफ्नै गाउँठाउँका बालबालिकालाई प्राथमिकतामा राख्दै शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।
सामग्री हस्तान्तरण गर्दै कार्कीले यो सहयोग दिवंगत सुपुत्रको स्मृतिमा गरिएको जानकारी दिए। “जन्मदिनको अवसरमा र मेरो स्व. सुपुत्रको नाममा मैले यो सामग्री वितरण गरेको हुँ। आगामी दिनमा पनि सकेको सहयोग गर्दै जानेछु। यो वडा मेरो पनि वडा भएकाले सधैं प्राथमिकतामा रहनेछ,” उनले भावुक हुँदै भने।
कार्कीका अनुसार शिक्षाको पहुँच र गुणस्तर सुधारलाई ध्यानमा राख्दै आफूले सामर्थ्य भएसम्म निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएका छन्। उनले विद्यालय र स्थानीय बासिन्दाको सहयोगमा बालबालिकालाई अझ प्रोत्साहित गर्ने योजनासमेत सुनाए।
जाडो महिनालाई लक्षित गरी विद्यार्थीलाई स्विटरसमेत प्रदान गरिएको थियो। जाडो याम सुरु हुनै लाग्दा स्विटर पाएपछि बालबालिकासङ्गै अभिभावक समेत खुसी भएका छन् ।
सामग्री वितरण कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु वडा सभापति साजन तामाङ र जयबहादुर श्रेष्ठ लगायत स्थानीय नेताहरूको सहभागिता थियो। उनीहरूले कार्कीको योगदानलाई राजनीतिक जीवनभन्दा माथि उठेर गरिएको सामाजिक सेवा भन्दै प्रशंसा गरे।
वडा सभापति तामाङले भने, “राजनीतिमा सक्रिय नेताले आफ्नो व्यक्तिगत खुसीलाई सामुदायिक योगदानसँग जोड्नु सकारात्मक उदाहरण हो। यसले नयाँ पुस्तामा समेत प्रेरणा दिनेछ।” कक्षा ५ सम्म पढाई हुने यो बिद्यालयमा ३१ जना विद्यार्थी अध्ययनरत छन्।
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
