मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा सभापति लामा नियुत्त
राजन बस्नेत
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रमुख राजनीतिक सल्लाहकारमा नेपाली कांग्रेस, मकवानपुरका सभापति बुद्ध लामालाई नियुक्त गरेको छ ।
बिहीबार हेटौँडामा बसेको मन्त्रिपरिषदको बैठकले सभापति लामालाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको हो । बागमती प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङलाई नियुक्त गर्ने निर्णय भएको छ ।
बागमती प्रदेश सरकार मन्त्रिपरिषद बैठकले ६ जना प्रदेश सचिवहरूको पदस्थापना गरेको छ । ईश्वरचन्द्र मरहट्ठालाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव, ईन्द्रदेव भट्टलाई उर्जा, खानेपानी, सिंचाइ मन्त्रालयको सचिव, बलराम ढकाललाई श्रम तथा यातायात मन्त्रालयको सचिव, झलकराम अधिकारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव, वीरेन्द्रदेव भारतीलाई युवा तथा खेलकुद मन्त्रालयको सचिव, पूर्णबहादुर दर्जीलाई सामाजिक विकास मन्त्रालयको सचिवमा पदस्थापना गरिएको सरकारका प्रवक्ता तामाङले बताए ।
बैठकले मुख्यमन्त्री र मन्त्रिपरिषदको कार्यालयको कार्यालयबाट जिल्ला समन्वय समिति सहयोग कार्यक्रम बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्ने निर्णय भएको छ ।
भरतपुर महानगरपालिका अष्ट्रेलियाको मेनिब्रेस्ट सिटीको काउन्सिलबीच भगिनी सम्बन्ध गर्न परामर्श सम्बन्धमा निर्णय भएको प्रवक्ता तामाङले बताए ।
बागमती प्रदेशमा कार्यरत करार र अस्थायी कर्मचारीहरूको महँगी भत्ता उपलब्ध गराउने सम्बन्धमा निर्णय भएको छ । पहिला ३ हजार रुपियाँ महँगी भत्ता दिँदै आएको थियो । ‘विनियोजन विधेयकमा कोड भएर आएको हुनाले अस्थायी कर्मचारीहरूको लागि ५ हजार महँगी भत्ता दिने निर्णय भएको छ,’ तामाङले भने ।
‘आर्थिक वर्ष २०८२/८३ को लागि मन्त्रालयहरूको दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ,’ प्रवक्ता तामाङले भने, ‘उद्योग, वाणिज्य तथा भूमि प्रशासन मन्त्रालयको अस्थायी दरबन्दी स्वीकृत दिइएको छ ।’
बागमती प्रदेश सरकारले संस्कृत तथा पर्यटन मन्त्रालयको आयोजनाको अस्थायी संगठन संरचना तथा दरबन्दी सम्बन्धी स्वीकृत भएको छ ।
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
