कार्य विभाजन सहित संगठन विस्तारको तयारीमा जुट्यो : तरुण दल दोलखा
राजन बस्नेत
नेपाली कांग्रेस सभापति बर्मा लामाको विशेष उपस्थितिमा नेपाल तरुण दल जिल्ला कार्यसमिति दोलखाको बैठक चरिकोटमा सम्पन्न भएको छ।
आइतबार जिल्ला अध्यक्ष दावा साङ्गे शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त बैठकले वडा र पालिका कार्यसमिति गठनका लागि पूर्णकालिक सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
संगठन विस्तारलाई प्रभावकारी बनाउन नेताहरूबीच कार्यविभाजन गरिएको नेपाल तरुण दल दोलखाका नेता चित्र तमाङले जानकारी दिए । बैठकमा जिल्ला कार्यसमिति पदाधिकारी ,केन्द्रीय सदस्य ,स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
आजका दिनमा तरुण दलको प्रमुख ध्येय पनि लोकतान्त्रिक समाजवादमार्फत समानता र समावेशी सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने नै हो।
यसका लागि युवाहरूलाई विचारमा परिपक्क बनाउँदै अध्ययन शैलीको विकास गराउन सकियो भने मात्रै आजको दिनमा तरुण दलले लिएको विचारमार्फत समाज परिवर्तन गर्न सम्भव हुन सक्द छ। बौद्धिकता तथा रचनात्मक प्रयासबाट देशका युवालाई प्रजातान्त्रिक समाजवादको जगमा उभ्याउन सक्ने सामाथ्र्य तरुण दलसँग मात्रै छ।
आजको तरुण दलको लक्ष्य युवा लक्षित नेतृत्व विकास सँगै क्षमता, सोच र योजनाका साथ अगाडि बढाउनुपर्ने दायित्व पनि छ। जबसम्म राष्ट्र निर्माण प्रक्रियामा तबसम्म युवालाई समाहित गर्न सकिँदैन तबसम्म युवा शक्तिको पलायनलाई रोक्न सकिँदैन। यसकारण आजको तरुण दलको ध्येय नै युवा लक्षित रचनात्मक कार्यक्रम नै हो। विगतमा राजनीतिक आन्दोलनको नेतृत्वदायी भूमिकामा रहेको तरुण दलको आजको अवस्थामा आइपुग्दा आन्दोलन र अभियानका विषय र एजेन्डा परिवर्तन भएका छन्। हरेक राजनीतिक परिवर्तनपछि स्वभावैले नयाँ परिस्थिति जन्मन्छ।
कस्ले कुन स्थानिय तहको जिम्मेवारी पायो सुचि सहित


बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
