स्व. गिरिजाप्रसाद कोईरालाको स्मृतिमा सभापति लामाले गरे निःशुल्क कोचिङ कक्षाको उद्घाट
राजन बस्नेत
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पाटि सभापति स्व. गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा जी.पी. कोईराला फाउन्डेसन दोलखाले स्व. भीम बहादुर तामाङ स्मृति +2 परीक्षा तयारी तेस्रो निःशुल्क कोचिङ कक्षाको उद्घाटन समारोह सम्पन्न गरेको छ।
निःशुल्क कोचिङ कक्षाको उद्घाटन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि नेपाली कङ्ग्रेसका सभापति बर्मा लामाले विद्यार्थीहरूलाई अध्ययनमा लगनशील रहन आग्रह गर्दै, आजको समयमा घरपरिवारले शिक्षा प्राप्त गर्न उपयुक्त वातावरण प्रदान गरिरहेका कारण विद्यार्थीहरूले आफ्नो भविष्यप्रति जिम्मेवार बन्न आवश्यक रहेको बताउनुभयो। उहाले विदेश जाने विषयलाई नकारात्मक रूपमा नहेर्न आग्रह गर्दै, त्यहाँ सिकेका सीप, ज्ञान र कमाइलाई नेपालमै सदुपयोग गर्न सकिने कुरामा जोड दिनुभयो।

कार्यक्रमका विशेष अतिथि विनोद मास्केले कोचिङ कक्षामा अध्यापन गराउने शिक्षक तथा विद्यार्थीहरूको सम्मानका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।
कार्यक्रमका सभापति एवं निःशुल्क कोचिङ कक्षाका संचालक राकेश श्रेष्ठ ले +2 परीक्षामा जिल्ला प्रथम हुने विद्यार्थीलाई ल्यापटप पुरस्कार प्रदान गरिने घोषणा गर्नुभयो। साथै, कोचिङ लिइरहेका विद्यार्थीमध्ये प्रथम हुनेलाई रु. १५,०००, दोस्रो हुनेलाई रु. १०,०००, र १० औँ स्थानसम्मका प्रत्येक विद्यार्थीलाई रु. ५,००० नगद पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो।
अध्यक्ष श्रेष्ठले,‘एक महिना सञ्चालन हुने कोचिङ कक्षा विशेष गरेर गरिव जेहेन्दार विद्यार्थीहरु लक्षित कार्यक्रम हो । हामीले विगतदेखि नै यस्ता कार्यक्रमहरु गर्दै आइरहेका छौं । हामीबाट उत्पादित विद्यार्थीहरु डा, पाइलट सहित ठुलाठुला मान्छे बनेका उदाहरणहरु थुप्रैछन् ।’

कोईराला फाउण्डेशन दोलखा शाखाका अध्यक्ष तथा नेपाली कांग्रेस दोलखाका प्रबक्ता राकेश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा विशेष अतिथि द्वाल्खा गुठीका अध्यक्ष एवं समाजसेवी विनोद मास्के नेपाल तरुण दलका केन्द्रीय सदस्य भीम खड्का, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य राम्जी प्रसाद चौलागाईं, कालिन्चोक माविका प्राचार्य शम्भु गौतम, नेपाल विद्यार्थी संघ दोलखा (प्रदेश ख) का सभापति सन्देश कोईराला, शिक्षक संघका नेता निरज आचार्य तथा शिक्षक जय श्रेष्ठले सुभकामना मन्तब्य ब्यक्त्त गर्नुभएको थियो ।

फाउन्डेसनका अध्यक्ष राकेश श्रेष्ठका अनुसार निःशुल्क कोचिङ कक्षामा जिल्लाका विभिन्न क्याम्पसहरुबाट दुई सयभन्दा बढी विद्यार्थीहरु सहभागी छन् ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
