नयाँ वर्षको अवसर पारी चरिकोटमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरीने

सडकमै खाऔँ, सडकमै रमाऔँ - रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ

राजन बस्नेत

राजन बस्नेत

सडकमै खाऔँ, सडकमै रमाऔँ – रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ भन्ने नारासहित नयाँ वर्षको अवसरमा चरिकोटमा स्ट्रिट फुड फेस्टिभल आयोजना हुने भएको छ ।

जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने स्ट्रिड फुड फेस्टिभल २०८२ आयोजना गर्न लागिएको हो । दोलखा चेम्बर अफ कमर्स र होटेल तथा पर्यटन व्यवसायी संघ दोलखाले संयुक्त रूपमा आयोजना गर्न लागेको उक्त फेस्टिभल नयाँ वर्षको अवसरमा चरिकोटमा भव्यतापूर्वक सम्पन्न गर्ने तयारी भएको आयोजकहरूले जनाएका छन् ।

सोमबार चरिकोटस्थित चेम्बर अफ कमर्सको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष रुद्रजंग बुढाथोकीले दोलखालाई देशकै उत्कृष्मध्येको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न फुड फेस्टिभल आयोजना गर्न लागिएको जानकारी दिए । अध्यक्ष बुढाथोकीले लोप हुँदै गएका जिल्लाका रैथाने स्वाद र दोलखाको स्थानीय संस्कृतिको जगेर्ना गर्न फेस्टिभल महत्त्वपूर्ण हुने जनाएका छन् । अध्यक्ष बुढाथोकीले काठमाडौं उपत्यकालगायत देशभरका पर्यटकलाई नयाँ वर्षमा दोलखा घुम्न आउन चुलै निम्तोसमेत गरेका छन् ।

चैत ३१ गते उद्घाटन हुने कार्यक्रममा खानाको प्रतियोगिता, स्वाद परीक्षण, सांस्कृतिक नृत्य प्रतियोगिता, प्रत्यक्ष दोहोरी कार्यक्रम, परम्परागत झाँकी प्रदर्शनी र स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष कुमार श्रेष्ठले बताए । उनले उक्त समयमा दोलखा आउने पर्यटकलाई सडकमै खुवाउने र होटेलहरूले लजिङ सुविधामा ५० प्रतिशत छुट दिने निर्णय भएको जनाएका छन् ।

वैशाख २ गते समापन हुने उक्त फेस्टिभलमा झन्डै एक लाख आन्तरिक तथा बाह्य पर्यटक दोलखामा भित्र्याउने उद्देश्य रहेको दोलखा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम ठकुरीको बताएका छन् ।
पत्रकार सम्मेलनमा स्थानीय तहहरूलाई जिल्लाको पर्यटन प्रवर्द्धन गर्न बजार क्षेत्र स्वच्छ बनाउन र जारी रहेको ढल निर्माणकार्यसमेत कार्यक्रमअगावै सम्पन्न गर्न गरी फेस्टिभल भव्य रूपमा सम्पन्न आवश्यक सहयोग उपलब्ध गराउनसमेत आयोजकले अपिल गरेको छ । फेस्टिभलमा सहभागी हुने पर्यटकलाई विनाशुल्क प्रवेश गराइनेछ ।

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता

१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...

.