९८.९९ प्रतिशत अंक दाबी गरेका कुलमानलाई सरकारले दियो शून्य अंक
साझा दृष्टि संवाददाता
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको छ।
आर्थिक वर्ष २०८०/८१ को कार्य सम्पादन मूल्यांकनका आधारमा घिसिङले शून्य नम्बर पाएका हुन्। मन्त्रालयले यसबारे घिसिङलाई औपचारिक जानकारी भने दिइसकेको छैन।
घिसिङले मन्त्रालयलाई ९८.९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका लागि मुख्य कार्यसम्पादन सूचकांक समेटिएको विवरण पेस गरेका थिए। ९८.९९ प्रतिशत अंक दाबी गरेका घिसिङले किन एक अंक पनि पाएनन् त?
यसबारे प्रश्न गर्दा घिसिङले नम्बर दिनेलाई नै सोध्न आग्रह गरे।
‘किन शून्य नम्बर दिनुपर्ने अवस्था आयो त्यो दिनेलाई नै सोध्नुस्उ,’ नले हाँस्दै भने।
घिसिङले बिहीबार गत पुस २५ गते आर्थिक वर्षमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका विवरण पेस गरेका थिए।
घिसिङलाई किन शून्य अंक दिइएको हो भन्ने विषयमा उर्जा मन्त्रालयलका अधिकारीहरूले औपचारिक रूपमा जानकारी दिन चाहेका छैनन्।
मन्त्रालयका एक अधिकारीले घिसिङले भदौ मसान्तसम्ममा मूल्याङ्कनका लागि विवरण पेश गर्नुपर्नेमा ढिला गरेको बताए।
‘एक बजे परीक्षा समय सकिसक्छ, चार बजे लेखिसकेका उत्तर पुस्तिका बुझाउँदा के हुन्छ? ती अधिकारिले उदाहरण दिँदै भने, ‘कुलमानजीले अटेर गरेको हो वा निहुँ खोजेर हो, त्यसै गर्नुभयो।’
समयमा विवरण नआएका कारण त्यसमा मूल्यांकन गर्न उपयुक्त नदेखिएको र शून्य नम्बर दिइएको उनले उल्लेख गरे।
घिसिङले पनि भदौसम्ममा प्रतिवेदन बुझाउनु पर्नेमा आयोजनाहरूबाट विवरण आउन ढिलाइ भएकाले सबै विषय समेट्ने क्रममा ढिलाइ भएको बताए।
‘सबै आयोजनाको वित्तीय विवरणहरू माग्नुर्यो आइपुग्दा केही समय लागेको हो। अझ यो पटक बाढी पहिरोका कारण धेरै समयसम्म समस्या भयो।समयमा फाइल आइपुग्न सकेन अनि ढिलाइ भयो।’
अघिल्ला वर्षहरूमा पनि फाइल कहिले ढिला कहिले छिटो बुझाउने गरेको उनले बताए।
घिसिङले ऊर्जा मन्त्रालयबाट आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा गरेको कार्यसम्पादनमा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको प्राधिकरणले जनाएको छ।
कार्यसम्पादन सम्झौताको मूल्यांकनमा प्राप्तांकका आधारमा घिसिङले प्रोत्साहन भत्ता पाउने व्यवस्था छ।
प्राधिकरणले गत आर्थिक वर्षमा १४ अर्ब ४६ करोड रूपैयाँ नाफा कमाएको थियो।
आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष आठ अर्ब ८९ करोड रूपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण २०७३/७४ मा १ अर्ब ५० करोड रूपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरू गरेको थियो।
त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ आठ वर्षअघि ३४ अर्ब ६१ करोड रूपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रूपैयाँ सञ्चित नाफामा पुगेको छ।
प्राधिकरणले गत आर्थिक वर्षमा प्रणालीको विद्युत चुहावट करिब १२.७३ प्रतिशतमा झारेको थियो।
आठ वर्ष अघिसम्म प्रणालीबाट २५.७८ प्रतिशत विद्युत चुहावट भइरहेको थियो। आर्थिक वर्ष २०७९/८०मा विद्युत चुहावट १३.४६ प्रतिशत थियो।
प्राधिकरणले आठ वर्षमा विद्युतीकरणमा ठूलो सफलता हात पारेको छ। आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो। तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ।
प्राधिकरणले गत आर्थिक वर्षको वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत भारतर्फ निर्यात गरी १७ अर्ब ७ करोड रूपैयाँ आम्दानी गरेको थियो।
गत आर्थिक वर्षमा आयातभन्दा करिब १३ करोड रूपैयाँ बढीको विद्युत निर्यात गरी खुद विद्युत आयातकर्ताबाट नेपाल खुद विद्युत निर्यातकर्ता बनेर इतिहास बनाउन सफल भएको छ।
घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा २०७८ साउन २५ मन्त्रिपरिषद्को निर्णयबाट नियुक्त गरिएको हो। उनी चारवर्षका लागि दोस्रो पटक नियुक्त भएका हुन्
मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र घिसिङबीच २०७८ माघ ५ मा प्राधिकरण सुधारका विभिन्न सूचकांकसहित कार्यसम्पादन सम्झौता भएको थियो।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
