आफु विरुद्ध अनर्गल प्रचार गरीएको प्रति सभापति लामाको असन्तुष्टि

राजन बस्नेत

राजन बस्नेत

नेपाली काङ्ग्रेसका सभापति बर्मा लामाले आफूहरुका विरुद्धमा अनर्गल प्रचार गरिएको भन्दै सामाजिक सन्जाल फेसबुक मार्फत खेद ब्यक्त्त गर्नुभएको छ ।

२०८१ फाल्गुन ८ गतेको अनलाइन डवली डट कम नामक अनलाइन पत्रीकाले ‘नातेदार सेटल’ गराउन बर्मालाई तारे होटलमा पार्वतको सरप्राइज केक भन्ने शिर्षकको समाचार प्रति सभापति लामाले गम्भीर ध्यानाआकर्षण भएको र तथ्य हिन भ्रामक ,कपोकल्पित ,समचार सम्प्रेसण गरी ब्यक्त्तिको चरीत्र हत्या गर्ने कार्य नगर्न र नगराउन समेत आग्रह गर्नुभयो । समचार सम्प्रेषण गर्दा सत्य र तथ्यमा आधारीत रहेर प्रत्रकारीताको मर्म , धर्म , बिधि बिधान र सिद्दान्तमा आधारित भएर मात्र समाचारहरु सम्प्रेषण गर्नुपर्ने बताउदै अनलाइन डवली डट कम नामक अनलाइन पत्रीकाले आधारहिन समचार प्रकासित गरेर जनतामा भ्रम सिर्जना गर्ने कार्य गरेको प्रति असन्तुष्टि जनाउनुभयो ।
सभापति लामाले पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ भएको बताउनुभएको छ ।
बिहिबार साझा दृष्टि अनलाइ सग कुरा गर्नुहुदै विगतमा नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनर्स्थापनामा मात्र हैन मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रँदा आफ्नो पेसागत मूल्यमान्यता अनुरूप देश र जनतालाई सुसूचित गर्ने काममा सदैव अग्रसरता देखाएको स्मरण गर्दै लोकतन्त्रको आधार स्तम्भ भएको जिकिर गर्नुभयो ।
‘सत्य अन्वेषण र सत्य सम्प्रेषण अहिलेको मिडियाको मुख्य चुनौती हो किनकि अहिलेको मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको छ। यसले कहीँ न कहीँ देश, जनता र हाम्रो व्यवस्थालाई नोक्सान पु¥याउन सक्नेतर्फ सचेत हुन म तपाईँहरूलाई आग्रह गर्दछु’, सभापति लामाले भन्नुभयो।

पत्रकारिता जगतले सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गरी लामो संघर्ष र बलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति, विकास, सुशासन र रूपान्तरणका पक्षमा कलम चलाउने छन भन्ने आफूलाई विश्वास लागेको बताउनुभयो ।
सभापति लामाले कतिपय विषय इतिहासका त्यस्ता अकाट्य पक्ष हुन् ,जसलाई चाहेर पनि हामी कसैले विस्मृतिमा धकेल्न सक्तैनौं। एउटा कुरामा भन्न सकिएला, प्रेम र युद्ध मात्र होइन, राजनीतिमा पनि सबै कुरा जायज हुन्छन्। त्यसैले हाललाई राष्ट्रिय आवश्यकताको न्यानो बर्को ओढेर बनाइएको सत्ता समीकरणलाई अस्तित्वमा आउन दिउँ र यस अभ्यासले देश र जिल्लालाई अग्रगामी दिशा दिनेछ भन्ने विश्वास गरौं। अहिलेलाई हामीसँग अर्को बाटो छैन। र केही समय गठबन्धनको प्रतिकूल हुने गरी कुनै बहस र वादविवाद पनि नगरौं।

सिद्धान्त र नीतिलाई व्यवहारले सिद्ध गर्ने ऐतिहासिक अवसर हामीले नै सिर्जना गरेका छौं। सचेत जनताले ध्यानपूर्वक हेरिरहेका छन्। अब कांग्रेस एमालेले होसियारीपूर्वक कदम चाल्नुपर्ने समय आएको सभापति लामाको धारणा रहेको छ ।

सभापति लामा भन्नुहुन्छ नेपाली काँग्रेस दोलखा बलियो भएको देख्न नचाहने तत्वहरुले यस्तो भ्रामक समाचार लेख्न लगाइ काङ्ग्रेसको संगठन कम्जोर बनाउने खेल सुरु गरेको प्रति घोर आपत्ति जनाउदै संगठनलाइ आगामि दिनहरुमा अझै शसक्त्त ,मजबुत रुपमा अगाडि बढाउन आफु निरन्तर लागिरहने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।

दोलखाको समग्र विकासमा सभापति लामाको प्रत्यक्ष उपस्थिति

दोलखाको सडक पुर्वाधारतर्फ झण्डै डेढ अर्बको स्रोत सुनिश्चित भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जिल्लाको रणनीतिक महत्वका सडक निर्माणदेखि बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मत सम्भारका लागि स्रोत सुनिश्चित गरिदिएको हो ।

सडक डिभिजन कार्यालय चरिकोटका अनुसार दोलखा जिल्लासँग जोडिएका बिभिन्न सडक पुर्वाधारहरुका लागि १ अर्ब ४७ करोड ६० लाख रुपैयाँ बरावरको स्रोत सुनिश्चित भएको छ । जसअनुसार किर्ने–भोर्ले–ढोलीखोला सडकको लागि ४५ करोड, खुर्कोट–मिल्ति सडकका लागि ४० करोड, भिट्टामोड–जलेश्वर–बर्दीबास–खुर्कोट–तामाकोशी–सिँगटी–लामाबगर–लाप्चे बहुवर्षीय योजनाका लागि २० करोड बजेट छुट्याईएको छ ।

यसैगरी मुडे–चरिकोट सडकको लागि १५ करोड, मिल्ति–तामाकोशी सडकका लागि २५ करोड, चरिकोट–सिंगटी सडक अन्तर्गत बाढीपहिरोबाट क्षतिग्रस्त झमार्सीखोला खण्डको लागि २ करोड ३० लाख र चप्लेटी खण्डको मर्मत सम्भारका लागि ३० लाख बजेट सुनिश्चित भएको छ । ती मध्ये मुडे–चरिकोट र चरिकोट–सिंगटी सडक अन्तर्गतको झमार्सीखोला खण्डको टेन्डर आव्हान भैसकेको छ । किर्ने–भोर्ले–ढोलीखोला सडक र झमार्सीखोला सडकखण्ड गत असोजको बाढीपहिरोले क्षतिग्रस्त बनाएको थियो ।
जिल्ला स्थित राजनीतिक दलहरुको पटक पटकको डेलिगेसन र मन्त्रीको जिल्ला भ्रमणपछि उक्त बजेट छुट्याईएको हो ।

दोलखाबाट चिनियाँ नाकासम्म त्रिदेशिय सडक संजाल जोडिने भएको छ । सरकारले चालु आर्थिक वर्षभित्रै चीनको सिमानासम्म सडक संजाल जोड्ने प्रक्रिया अघि बढाएको हो । भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयले स्रोत सुनिश्चित गरिदिएपछि छिट्टै टेन्टर आव्हान गर्ने तयारी छ ।

भिट्टामोड–जलेश्वर–बर्दीबास–खुर्कोट–तामाकोशी–सिँगटी–लामाबगर–लाप्चे सडकलाई बहुवर्षीय योजनामा समेट्दै मन्त्रालयले २० करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ ।
सडक डिभिजन कार्यालय चरिकोटका अनुसार चिनियाँ नाका जोड्ने सडकको अहिले बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम भैरहेको छ । डीपीआर सकिए लगत्तै टेन्टर प्रक्रिया अघि बढाउने कार्यालयले जनाएको छ ।
काङ्ग्रेस सभापति लामा सहित मन्त्रीको स्थलगत अवलोकन
भौतिक पूर्बाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले उक्त सडकको आईतबार स्थलगत अवलोकन गरेका छन् । विगु गाउँपालिका–१, लामाबगरको हुरहुरेसम्मको सडक स्थलगत निरीक्षणपछि योजना कार्यान्वयन अघि बढाउन निर्देशन दिएका छन् ।
उत्तर–दक्षिण लोकमार्ग महत्वपुर्ण सडक योजना भएकोले आगामी नीति कार्यक्रममा मन्त्रालयले प्राथमिकतामा राखेर अघि बढाउने उनले बताए । ‘२० करोड स्रोत सुनिश्चित भैसकेको छ, त्रिदेशिय सम्बन्ध जोड्ने यो सुरुवात हो, आगामी दिनमा यसलाई प्राथमिकता दिएर काम गर्छौं, उनले भने ।’
मन्त्री दाहालसहित पुर्बमन्त्री पार्वत गुरुङ, दोलखाका प्रदेश सांसद भरत केसी, कांग्रेस दोलखाका सभापति बर्मा लामा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल ,सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख ईन्जिनियर अमित कुमार श्रेष्ठ लगायत सडक अवलोकनमा पुगेका थिए ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.