सदरमुकाम चरीकोटमा वृहत दोलखा महोत्सव सुरु : मुख्यमन्त्री सिंहले गरे उद्घाटन
देशमा रोजगारी सिर्जना गर्नको लागि उधोगमा लगानी आवाश्य छ : मुख्यमन्त्री लामा
राजन बस्नेत
दोलखाको सदरमुकाम चरिकोमा आजा बाट “तेस्रो बृहत दोलखा महोत्सव २०८१” सुरु भएको छ ।“दोलखाको पहिचान कृषि, पर्यटन र पानी स्थानीय उत्पादन र उद्यमशिलतामा लगानी” भन्ने मूल नारासहित महोत्सव सुरु भएको हो।
सदरमुकाम चरिकोट स्तिथ भीमेश्वर रङ्गशालामा एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले महोत्सवको उद्घाटन गर्नुहुदै देशमा रोजगारी सिर्जना गर्नको लागि उधोगमा लगानी गर्नुपर्ने र बजेट बिनियोज गर्दा औधोगिक क्षत्रलाइ उच्च प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा राख्नुहुदै दोलखाको समग्र विकासमा प्रदेश सरकार सकारात्म रहेको उल्लेख गर्नुहुदै भीमेश्वर रङ्गशाला निर्माण कार्यका लागि आ. ब २०८२/८३ मा बजेट बिनियोजन गर्न भुमिका खेल्ले प्रतिबद्दता ब्यक्त गर्नुभयो ।

फाल्गुन १८ गतेसम्म सदरमुकाम चरिकोट स्थित भिमेश्वर रङ्गशालामा आयोजना हुने जिल्लाका उद्यमीहरूबाट उत्पादित बस्तुहरूको प्रदर्शनी, बजारीकरण र बिक्री गरी जिल्लाको आर्थिक कारोबारलाई क्रियाशील गराउने, दिगो आर्थिक विकासबारे सरोकारवालाहरू बीच साझा धारणा र तत्परता विकास गर्ने, साथै दिगो आर्थिक विकासको लक्ष्यमा संघको संस्थागत क्षमता विकास गर्ने दोलखा उद्योग वाणिज्य संघको मुख्य उद्देश्य रहेको अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाका समग्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक झाँकीहरूको प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको सांस्कृतिक प्रस्तुति,स्थानीय उत्पादन तथा जिल्लाका धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय स्थलहरूको डिजिटल डिस्प्लेमार्फत वृत्तचित्र प्रदर्शनी,महोत्सव स्थलदेखि भ्यूटावर हुँदै देउरालीसम्म घोडचढी सञ्चालन हुने दोलखा उद्योग वाणिज्य संघका उपाध्यक्ष बिमल श्रेष्ठले बताउनुभयो ।

तेस्रो दोलखा महोत्सव– २०८१ उद्घाटन कार्यक्रममा सडक विभागका महानिर्देशक रामहरी पोखरेल, भुमि समस्या समधान आयोग दोलखा अध्यक्ष राकेश श्रेष्ठ , कलाकार मदनदास श्रेष्ठ, ,रामदास श्रेष्ठ , अनिता श्रेष्ठ , फाउण्डेशनका संरक्षक शोभित उप्रेती, प्रहरी निरीक्षक शत्रुघन महतो, पत्रकार दिलसागर केसी र ज्ञानेन्द्र कार्की , स्काउटका थीर बहादुर खड्का नगरपालिका र गाउपालिका गरेर १७ जनालाई सम्मानित गरिएको दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेश उप्रेतिले साझा दृष्टी अनलाइलाइ जानकारी दिनुभयो ।

दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा बागमति प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्ले, राष्ट्रिय सभाका सदस्य घनश्याम रिजाल, बागमति प्रदेशका सदस्य भरतबहादुर केसी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, भीमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर, जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेल, मेलुङ्ग गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटी, बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा, गौरीशंकर गाँउपालिकाका अध्यक्ष विश्वास कार्की, शैलुङ्ग गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम नेपाली काङ्ग्रेसका जिल्ला पाटी सचिव दावा साङ्गे शेर्पा, नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, माओबादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब रमेश खतिवडा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय हेमराज ढकाल, नेपाल उद्योग बाणिज्य महासंघ बागमति प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य रामेश्वर मानन्धर, लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
