दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास

राजन बस्नेत

राजन बस्नेत

नेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री माननीय मोहन बहादुर बस्नेतले कार्यक्रमको उत्घाटन गर्नुहुदै कम्युनिष्ट पार्टीका नेताहरु जनता सामु कुरा एउटा र काम अर्को गर्न माहिर रहेको बताउनु भएको छ ।

कम्युनिष्टले मुलुकमा शासन गर्ने अवसर पाए पनि त्यसलाई सहि सदुपयोग गर्न नसकेको धाराणा राख्नुहुदै पुर्ब स्वास्थ्य मन्त्री बस्नेतले धेरै पटक शासन सत्ता सम्हालेको कम्युनिष्ट पाटीले देश र जनताको पक्षमा र विकास निर्माणका कार्यमा गहन र दुर्गामी सोच समेत राख्न नसकेको जिकिर गर्नुहुदै कम्युनिष्टहरुमा सत्ता लोलुपता ,परीवारवाद
, बुर्जुवा जीवनशैली, अस्थिरता, चाँडै उत्साहित र निरुत्साहित हुने प्रवृत्ति रहेका कारण पनि जनताले तत्काल विस्वास गरीहाल्ने वातवरण नबनेको ठोकुवा गर्नुभयो । उहाले दोलखाको विकासको लागि आफु कुनै पनि ठाउमा नचुक्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।चुनाव र जनताको मन र मत दुबै जित्न जनताको काम गर्नुपर्ने बताउदै आगामी दिनहरुमा सकृय भएर लाग्न काङ्ग्रेसका नेता तथा कार्यकर्तालाइ आग्रह सहितको निर्देशन दिनुभयो ।


तेसै गरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु सिवाकोटीले पार्टीभित्र गुट हुनु स्वभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताउनु भएको छ ।
नेपाली कांग्रेस भीमेश्वर नगर कार्यसमितिले आयोजना गरेको १०० दिने अभियान कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै सिवाकोटीले भन्नुभयो ‘गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ।’
केन्द्रीय सदस्य सिवाकोटीले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउने जिकिर गर्नुभयो ।

नेपाली काङ्ग्रेस दोलखाका सभापाति बर्मा लामले नागरिक हक,अधिकारको पूर्ण सुनिश्चितता गर्दै छोटो समयमा मुलुकलाई आर्थिक सामाजिक रूपमा एक सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने हाम्रो प्रयासले क्रमशः आकार लिन थालेको उल्लेख गर्नुहुदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य हुन जरुरी रहेको र दोलखा काङ्ग्रेस पाटीलाइ मजबुत बनाउदै तेस तर्फ अघि बढेको धारणा राख्नु भयो ।

काङ्ग्रेसमा निरन्तर रुपमा सकृय भएर सेवा गर्ने अग्रज ब्यक्तित्वहरुलाइ दोसल्ला ओढाइ सम्मान गरीएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री मा मोहन बहादुर बस्नेतले ज्युको प्रमुख आथित्यता तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य अजय बाबु शिवाकोटी, नेपाली कांग्रेस दोलखाका पाटी सभापति बर्मा लामा , कांग्रेस नेता इश्वर नारायण मानन्धर,केशव राज चौलागाई, पाटी सचिव रन्जित कुमार पाठक( सन्तोष ) पाटी कोषाध्यक्ष राजेश श्रेष्ठ ,पाटी प्रबक्ता राकेश श्रेष्ठ, महादिबेशन प्रतिनिधि जय राम श्रेष्ठ , च्याङ्गा शेर्पा , दोलखा काठमाडौं सम्पर्क समिति अध्यक्ष सरोज सिवाकोटी, नेत्री मेनुका चौलागाई, लगाएत नेताहरुले कार्यक्रमलाइ सम्बोधन गर्नुभएको थियो ।


कार्यकताहरुको बाक्लो उपस्थीतिमा नेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति सभापति शङ्कर कार्किको सभापतित्त्वमा नेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा सम्पन्न भएको नेपाली काङ्ग्रेस भीमेश्वर नगर कार्यसमितिका सचिव रुद्र जङ बुढाथोकीले जानकारी दिनुभयो ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.