एउटा अवोध सपनाको अवसान !
राजन बस्नेत
लगभग ३ वर्षअघि बजारमा आएको यो गीत नेपाली सांगीतिक आकाशमा गुन्जिइरहनेछ । यसका गायक १३ वर्षीय सचिन परियार भने भौतिक रूपमा अब गुन्जिने छैनन् । उनै गायक बिहीबार सदाका लागि यो दुनियाँबाट अस्ताएका छन् । जो नौ वर्षको उमेरमा भाइरल भए । लगत्तै गुमनाम हुनुको नियति पनि भोग्नुपर्यो ।
आमिर खानले निर्माण गरेको एउटा हिन्दी फिल्म छ, ‘पिपली लाइभ’ । फिल्ममा दुई किसान दाजुभाइको कथा छ । कहिल्यै नसकिने दुःख र कहिल्यै नभरिने पेट बोकेर बाँचेका उनीहरुलाई बैंकको ऋणले थप अत्याएको छ । यस्तो परिस्थितिमा उनीहरुले थाहा पाउँछन् कि कुनै किसानले आत्महत्या गरेको अवस्थामा स्थानीय सरकारले मुआब्जावापत राम्रै पैसा दिनेछ ।
अब सोझा किसान आत्महत्या गर्ने तयारीमा लाग्छन् । यो खबर स्थानीय समाचारदाता हुँदै मूलधारका टेलिभिजनसम्म पुग्छ । सरकारी मुअब्जाका लागि किसानले आत्महत्या गर्ने खबर ती मिडियालाई गजब लाग्छ । र, आत्महत्या गरेको एक्सक्ल्युसिभ समाचार देखाउने होडबाजी चल्छ ।
भएभरका मूलधारका मिडिया ती किसानको झुपडीमा पुग्छन् । प्रत्यक्ष प्रसारणका लागि ओबी भ्यानको ताँती लाग्छ । अब दर्जनौं क्यामेराले किसानलाई पछ्याउन थाल्छन् । खाना खाँदा होस् वा शौचालय जाँदा कहीं कतै छाड्दैन । किसानलाई आत्महत्या गरेर मर्नुभन्दा हरक्षण पछ्याइरहने क्यामेराबाट जोगिन मुस्किल हुन्छ ।
मूल विषयको संवेदनशीलतालाई ख्यालै नगरी कसरी कसैलाई सेन्सेसनल बनाउने होड चल्छ ? सो फिल्मले छर्लङ्ग देखाउँछ । सन् २०१० मा प्रदर्शित यो फिल्मको प्रसंग अहिले हाम्रो सन्दर्भमा ठ्याक्कै मेल खान्छ ।
जस्तो, सचिन परियारको कुरा गरौं । एउटा अबोध बालक जसलाई सोसल मिडियामा ‘भाइरल’ बनाइयो र सुविस्ताले बाँच्नसमेत दिइएन । न उनलाई लेखपढ गर्न दिइयो, न स्वच्छन्द बाल्यकाल बिताउन । कहिले गाउँमा पुर्याउने, कहिले सहरमा ल्याउने । कहिले गीत गाउन लगाउने, कहिले नाच्न । कहिले रुवाउन लगाउने, कहिले हँसाउन । उनी के चाहन्थे ? कस्तो जीवन बाँच्न चाहन्थे ? कसलै सोधीखोजी गरेनन् । बरु कुनैबखत सर्कसमा प्रयोग गरिने प्राणीलाई झैं मान्छेहरुले यी बालकलाई आफ्नो स्वार्थ र सुविधा अनुसार दोहन गर्न थाले । यस्तै धपेडीबीच उनी रोगी भए ।
उनको रोगी शरीरलाई कहिले दोहोरीमा पुर्याइयो, कहिले झाँक्रीकहाँ । त्यसलाई भिडियो बनाएर सोसल मिडियामा व्यापक बनाइयो । उनी नाचेको, हाँसेको मात्र होइन, बिरामी भएको, बाटोमा मागेर हिंडेको विषयलाई पनि ‘बिकाउ सामग्री’ बनाइयो ।
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
