मेलमिलाप दिवस नेपालको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण माइलस्टोन हो : सभापति लामा

राजन बस्नेत

राजन बस्नेत

४८ औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा नेपाली काङ्ग्रेस दोलखाको पार्टी कार्यलयमा आयोजित एक समारोहमा नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले प्रत्येक वर्ष पौष १६ मा मनाइने मेलमिलाप दिवस नेपालको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण माइलस्टोन भएको बताउनु भयो ।

पार्टी सभापति लामाले बीपी कोइरलाको तस्विरमा माल्यार्पण गर्दै आजको दिनले केवल तत्कालीन राष्ट्रिय परिस्थितिको मात्र नभई नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान, र लोकतान्त्रिक आदर्शप्रतिको प्रतिबद्धताको पनि सम्झना गराइरहने धारणा ब्यक्त गर्नुभयो ।
सभापति लामाले नेतृत्वको भिन्नता र विचारधाराको विविधता जति नै रहे पनि, राष्ट्रिय स्वाभिमान र प्रजातान्त्रिक मूल्यहरू माथि राखेर सहकार्य र संवादको नीति नै देशको समृद्धिका लागि मार्गदर्शक बन्न सक्ने जिकिर गर्नुभयो ।

२०३३ सालको यो ऐतिहासिक घडीमा नेपाली राजनीतिमा विविध उथलपुथल चलिरहेका थिए। भारतमा इन्दिरा गान्धिको शासनका क्रममा बाङ्लादेश र सिक्किमको सन्दर्भमा भारतले आक्रमकता प्रदर्शन गरिरहेको थियो। त्यही बेला भारतभित्रै सङ्कटकाल लागु गरी प्रेस स्वतन्त्रता समेत खारेज गरिएको थियो। यस्तै परिस्थितिमा, भारतको भूमि प्रयोग गरेर नेपालमा आन्दोलनरत बीपी कोइरालालाई भारतले महत्वपूर्ण शर्तहरूसहित सहयोग गर्ने प्रस्ताव राखेको थियो।

भारतले बीपीसमक्ष नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहयोग गर्ने तर यसको बदलामा नेपालको विभिन्न महत्वपूर्ण मन्त्रालयहरू आफूलाई सुम्पिनुपर्ने सर्त अघि सारेको थियो। यो शर्तले बीपीलाई गम्भीर चिन्तन गर्न बाध्य बनायो। आफ्नो देशमा प्रजातन्त्र पुनःस्थापित गर्न बीपी दृढ इच्छाशक्तिसहित अग्रसर थिए, तर भारतको सहारामा अर्को “लेण्डुप दोर्जे” बन्न तयार थिएनन्। यसैले उनले भारतको सर्त अस्वीकार गर्दै राजासँग मिलेर राष्ट्रिय एकताको बाटो अपनाउने निर्णय गरे।

२०३३ सालको पौष १६ गते, बीपी कोइरालाले “राष्ट्रिय मेलमिलापको नीति” अघि सार्दै नेपाली जनताका नाममा ऐतिहासिक अपिल गरे।
आफ्नो सम्बोधनमा उनले भनेका थिए, “प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यानको परवाह नगरी यसको अस्तित्वको रक्षा गर्नु पर्दछ। हामीलाई लाग्दछ, आज त्यो घडी आएको छ ! यसरि आफ्नो ज्यानको प्रवाह नगरि बिपि कोइराला, गणेशमान सिङ्ह , शैलजा आचार्य लागायका नेता नेपाल फर्किए !
तर दुर्भाग्यवश, राजाले यो अवसरलाई सदुपयोग गरेनन्। बरु बीपी कोइराला र अन्य नेपाली कांग्रेस नेताहरूलाई पक्रेर जेल हाले।

आज, मेलमिलाप दिवसले बीपी कोइरालाको दूरदर्शिता र राष्ट्रिय हितप्रतिको लगावलाई सम्झाउने काम गर्छ। यो नीति केवल राजतन्त्र र प्रजातन्त्रबीचको सहकार्यको प्रयास थिएन, बरु नेपालको राष्ट्रिय अखण्डता, स्वाधीनता, र लोकतान्त्रिक व्यवस्थाप्रतिको सम्मान पनि थियो। वर्तमान समयमा, यो नीतिको सान्दर्भिकता अझ गहिरो महसुस हुन्छ, किनभने नेपाली राजनीतिक परिदृश्यमा मेलमिलाप र सहकार्यको खाँचो निरन्तर रहन्छ।

राष्ट्रिय मेलमिलाप दिवसले हामीलाई यही पाठ सिकाउँछ कि सहकार्य नै दीर्घकालीन समाधानको प्रमुख आधार हो।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.