अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको निधन
साझा दृष्टि संवाददाता
अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको एक सय वर्षको उमेरमा जर्जियास्थित आफ्नै घरमा निधन भएको छ । सन् १९२४ को अक्टोबर १ मा जन्मिएका कार्टर सन् १९७७ देखि सन् १९८१ सम्म अमेरिकाको ३९औं राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ अमेरिकी इतिहासमा सबैभन्दा लामो समय जीवित रहेका राष्ट्रपति समेत हुनुहुन्थ्यो ।
कार्टर केही समयदेखि ‘मेलानोमा’ नामक रोगबाट पीडित हुनुहुन्थ्यो । ‘मेलानोमा’ छालाको क्यान्सरको एक प्रकार हो । उक्त रोग उहाँको कलेजो र मस्तिष्कमा फैलिएको थियो । सन् २०२३ मा, उहाँले अस्पताल आफ्नो रोगको लागि उपचार नगर्ने निर्णय समेत गर्नुभएको थियो ।
राष्ट्रपति पद छाडेपछि उहाँले आफ्नो संस्था ‘कार्टर सेन्टर’ मार्फत धेरै वर्ष मानवीय काम सञ्चालन गर्नुभयो । उहाँले युद्धको समाधान खोज्ने, चुनावको अनुगमन र रोग उन्मूलन गर्ने दिशामा काम समेत गर्नुभएको बीबीसीले जनाएको छ । कार्टर सेन्टर मार्फत गरेको कामका लागि उहाँलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
कार्टरको जन्म अमेरिकाको एक किसान परिवारमा भएको थियो । सन् १९६० मा राजनीतिमा प्रवेश गर्नुभएका कार्टर सन् १९७१ मा पहिलो पटक आफ्नो राज्यको गभर्नर बन्नुभएको थियो । त्यसको ठीक ६ वर्षपछि कार्टर रिपब्लिकन पार्टीका अध्यक्ष जेराल्ड फोर्डलाई हराएर राष्ट्रपति बन्न सफल हुनुभएको थियो ।
राष्ट्रपति जो बाइडन, पूर्व राष्ट्रपति बाराक ओबामा लगायत विश्वका नेताहरूले उहाँको निधनप्रति दुःख व्यक्त गरेका छन् । कार्टर चुनाव पर्यवेक्षण लगायत विभिन्न उद्देश्यले नेपाल भ्रमणमा पनि आउनुभएको थियो ।
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
