माथिल्लो तामाकोसी जलविद्युतको कार्यलाई संसद देखी लामाबगर सम्म पुर्याउने भीमबहादुर
राजन बस्नेत
बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजना पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण सुरु भएको ११ वर्षपछि आज पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन गर्दै छ ।
केही बर्ष अधि दु:ख हेर्न दोलखाको उत्तरी भेगमा जानुपर्छ भनिन्थ्यो तर अहिले राम्रा अवसरका लागि त्यता जानुपर्छ ।
गरीवि, अशिक्षा र पछौटेपनाले जकडिएको दोलखाको उत्तरी क्षेत्रको पहिचान बदल्ने जस तिव्र विकास भैरहेको जलविद्युत् आयोजनाहरुलाई जान्छ । चालु माथिल्लो तामाकोसीलगायत दर्जनौ जलविद्युत आयोजनाका कारण जनताका घरमै अवसरहरु आइरहेका छन् ।
भिमकाय सामाग्री (१२० टनसम्मका) मेशिनहरु बोकेका ठूलाठूला गाडीहरु कुदिरहेको मात्रै भेटिन्छ । सुरक्षा टोपी लगाएका मानिसहरु काम गरिरहेको मात्रै भेटिन्छ ।
जलविद्युत आयोजनाबाट सिर्जित रोजगार, व्यवसाय र पर्यटकीय उद्यमका अवसर खोज्दै यस क्षेत्रमा मानिसहरुको ओइरो लागिरहेको छ । कयैन दक्ष जनशक्तिहरु वाहिरबाट यस क्षेत्रमा अवसरको अनुभवका लागि प्रवेश गरिरहेका छन् । ‘यहाँ बेकामी कोही छैनन्, गर्न खोज्नेले तत्काल काम पाइहाल्छन्,’ बिगु गाउँ पालीका का अध्यक्ष युधिस्ठिर खड्का गर्वसाथ भन्छन्, ‘हाइड्रोपावरका कारण मिहेनती मानिसहरुलाई जे उद्यम गरे पनि पैसा फलिहाल्छ ।’
आफ्नो क्षमता अनुसारको रोजगार फालाफाल छ । कृषि उपजहरु जति पनि बिक्छन् । सडक सञ्जालका कारण हिंडेर सहर बजार पुग्नुपर्ने दिनहरु पनि सकिएका छन् । बाहिरिया मानिसहरुको आगमन र अस्थायी वासोवासले होटलदेखि पसल व्यवसायीहरु फाइदाको दृष्टिले चम्किरहेका छन् ।
देशकै ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको कार्य सुरुवातसंगै क्रमिक रुपमा यस क्षेत्रको परिवर्तनको ढोका खुलेको हो । यसक्षेत्रको विकासको पहिलो खुड्किला तामाकोसी आयोजनाले बनाएको सडक विस्तार सावित भएको छ । सडक नआएसम्म मानिसहरु ३२ कोष हिडेर जिल्ला सदरमुकाम पुग्थे । डोकोमा लादिएको भारी नाम्लोको साहरामा मानिसको थाप्लोले थेगेर यस क्षेत्रको भोक टर्थ्यो ।
बाटाहरु अप्ठेरा भएका कारण कयौं लडेर घाइते हुन्थे, ज्यान जान्थ्यो । तिब्बती सीमा गाउँ लामावगरसम्म पुग्दा भोका, नाङ्गा, निरक्षर कुपोषणपीडित वालवालिकाहरु बाटा वरपरका गाउँवस्तीमा भेटिन्थे । अहिले परिस्थिति विलकुल बदलिएको लामावगरका अगुवामध्ये लाक्पा शेर्पा बताउँछन् । ‘निरक्षरले पनि मासिक २० हजार भन्दा माथिको जागिर घरमै रहेर पाउछन्, पढेलेखाको थप कमाई छ,’उनले भने ।
राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी आयोजना भित्रिएपछि यस क्षेत्रमा पनि गौरवका दिन भित्रिएका हुन् । आयोजनाले जव सडक ल्यायो मानिसको दु:ख आधा सकियो । तामाकोसी आयोजनाले काम सुरु गरेपछि मानिसहरुको कमाइ खाने आधार घर आँगनमै आयो । उक्त आयोजनाले सदरमुकामदेखि सडक सुधार गर्दै उत्तरी केन्द्र सिंगटीबाट लामावगरसम्म मोटर चल्ने बनाएपछि यसक्षेत्रमा उज्याला दिन सुरु भएको हो ।
तामाकोसी आयोजनाले सडक र विद्युत् राजमार्ग (ट्रान्समिसन लाइन) विस्तार गरेपछि उत्तरी क्षेत्रका हरेक खोलाहरुमा निर्माणाधिन दर्जन हाराहारीको जलविद्युत् आयोजनाहरुले ग्रामीण बस्तीका भित्रि कुनामा सडक सञ्जाल पुर्याइयो ।
विस्तारित विद्युत् आयोजनाको सञ्जालले भित्रि बस्तीहरुमा बजारीकरण भैरहेका छन् । बजारीकरणसँगै स्थानीय उत्पादन खपत, रोजगारको सिर्जनाले मानिसहरुका कमाइ गर्ने आधार थपिंदै गएको छ । लामावगरका वडा अध्यक्ष हिरण्य गुरुङको भनाईमा केही समय अघिसम्म यहाँका मानिसहरु तामाकोसीले स्थानीयलाई दिने भनिएको सेयर रकम हाल्न सक्दैनन् भन्ने ठानिन्थ्यो । त्यसैले यहाँका वासिन्दाले अधिकारले पाउने सेयरको कित्ता नै घटाइयो । उनी थप्छन्, ‘अब यहाँका मानिसहरु जति पनि पैसा लगानी गर्न सक्षम भएका छ्न ।
हाल लामाबगर का मानिसहरु मानिसहरु कि त स्थानीयस्तरमा उद्यम गर्दैछन्, कि त नजिकका विकासको काममा रोजगार गर्दैछन् । वैदेशिक रोजगारमा न्युन संख्यामा छन्, गएकाहरु पनि फर्किएर घर नजिकै केही न केही सहभागी छन् ।
माथिल्लो तामाकोसी जलविद्युत का अनुसार हालसम्म आयोजनाको १०० % प्रतिशत काम सम्पन्न भैसकेको अवस्थामा पनि करिब एक हजार मानिस यहीँ आयोजनासँग गाँसिएर आयआर्जन गरिरहेका छन् । दोलखा का प्रतिनिधि सभा सदस्य जीपछिरिङ शेर्पा हाइड्रोपावर कम्पनीको आगमणसँगै उत्तरी क्षेत्रको समृद्धिको ढोका खुलेको बताउँछन् । ६५० मेगावाटको तामाकोसी तेस्रो आयोजना सञ्चालनका लागि पहल थालिए पनि विभिन्न अवरोधका कारण उक्त कार्य अन्यौल मा परेको लामा को बुझाइ छ । ‘उक्त आयोजनाको सुरुवात र लामावगरबाट चीनको सिमासम्म सडकले जोड्ने प्रयास सफल भए दोलखा जिल्लाले काँचुली फेर्छ,’संसद लामा को भनाइ छ ।
उक्त आयोजनाको पछिपछि लागेर आएको अन्य निजी आयोजनाहरुका कारण स्थानीय र वाहिरीया गरेर हजारौ मानिसहरु काममा छन् । रोजगार र उद्यमका कारण यस क्षेत्रका सतप्रतिसत बालबालिका बिद्यालय मा रहेको
प्रगतिवेदनले बताउँछ । गरीविको सुचांङ्कमा पनि यस क्षेत्र उकालो लागिरहेको स्थानीय बासिरह्रुको भनाइ छ ।स्थानीय बासिन्दा का अनुसार पहिलेपहिले जस्तो खान पाइन, लाउन पाइन, छोराछोरी पढाइन पाइन भन्नेहरु छैनन् । उच्च शिक्षा हासिल गर्नेहरुको संख्या भने अझै न्युन रहेकोे उनीहरुको भनाइ छ ।
यसैको टेलरेसबाट तामाकोसी पाँचौको काम पनि थालिसकेको छ । रोल्वालिङ खोलाको काम पनि यसैले सुरु गर्ने योजना बनाइरहेको छ । यसै क्षेत्रमा अरु एक दर्जन आयोजनामध्ये आधाले धमाधम काम गरिरहेका छन् भने आधा जति काम थाल्ने योजनामा छन् । माथिल्लो तामाकोसीले निम्त्याएको अरु जलविद्युत आयोजनाहरुका कारण कुनै बेला अति दुर्गम क्षेत्रमा राखिएको उत्तरी क्षेत्र सुगममा परिणत भैरहेको छ । जलविद्युत नै प्रमुख आधार बनाए दोलखाको समृद्धि हुन सक्ने प्रतिनिधिसभा सदस्य लामा बताउछन् । जलविद्युत हवकै रुपमा रुपान्तर भैरहेको उत्तरी क्षेत्रबाट तिब्बत जोड्ने नाका खुलाउने तयारी भैरहेको उनले बताए । नाकासमेत खुलेर विद्युत आयोजनाहरु सम्पन्न भएपछि पहिले दु:खले जेलिएको भनेर चिनिने दोलखाको उत्तरी क्षेत्र समृद्धिले भरिएको बस्तीहरुमा रुपान्तरित हुने उनको भनाइ छ ।

तत्कालीन नेपाली काग्रेस का नेता तथा दोलखा बाट पहिलो पटक कानुन मन्त्री बनेका स्व : भीमबहादुर तामाङ ले देखेको माथिल्लो तामाकोसी जलविद्युत आयोजना ४५६ मेगावाट र दोलखाली तथा नेपाली जनाताको समृद्धि को बाटो आज भन्दा २६ बर्ष अगाडि नै भीमबहादुर तामाङ ले देखेका थिए र माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको कार्यलाई संसद देखी लामाबगर सम्म पुर्याउन उनको महत्त्वपूर्ण भुमिका रह्यो जुन आज आएर सो आयोजना ले राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चा बटुउल्दै हजारौ भीमबहादुरहरु को सपना साकार भएरै छाड्यो ।
स्व . भीमबहादुर तामाङको १२ औं स्मृति विशेष
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
