स्थानीय जनताको मन र मत दुबै जित्नेमा विश्वस्त छु : पासादिकी शेर्पा तमाङ

राजन बस्नेत

राजन बस्नेत

कुल मतदाता १५ हजार ७ सय १८ ,मतदान स्थल १२ मतदान केन्द्र २१ रहेको आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकामा प्रमुख दलका उम्मेदवारहरु वीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार वीच प्रतिश्पर्धा हुने भएको हो ।
उपनिर्वाचनका लागि प्रमुख दलहरुले उम्मेदवारको नाम घोषणा गरिसकेका छन् । स्वतन्त्रवाट पनि उम्मेदवारी दिने तयारी छ ।

दोलखाको गौरीशंकर गाउँपालिकामा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ ।

नेपाली कांग्रेसले गौरीशङ्कर गाउँपालिका उपाध्यक्षमा पासाडिकी शेर्पालाई टिकट दिने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रले मार्वुकी निमलेकी शेर्पा र एमालेले मार्वुकै उमा मगर शेर्पालाई उम्मेदवारको रुपमा अघि सारेको छ ।

गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीककृत समाजवादीले सुरीकी रविना खड्कालाई उम्मेदवार बनाउने भएको छ ।
राप्रपाले भने पालिकाको उपाध्यक्ष पदमा मनु कुमारी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गौरीशंकर गाउँपालिकामा हुन लागेको उपनिर्वाचनमा रास्वपाबाट गोमा श्रेष्ठलाई उम्मेद्वारी बनाउने भएको छ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले सर्वसम्मत उम्मेद्वार नाम टुंगो लगाउँदै श्रेष्ठको उम्मेद्वारी घोषणा गरेको हो।
गाउँपालिका –८ खारे घर भएकी श्रेष्ठ पार्टीको साधारण सदस्य रहेको रास्वपा दोलखाले जनाएको छ।
स्वतन्त्रवाट पनि उम्मेदवारी दिने तयारी भएको छ । केही समयअघि एमाले परित्याग गरेका एमाले नेता एवँ पूर्व वडा अध्यक्ष डिल्लिध्वज बस्नेतले स्वतन्त्रवाट उम्मेदवारी दिने चर्चा छ ।

उम्मेदवारी दर्ता गर्न करिब २ दिन बाकी रहँदा जिल्लाका ६ राजनैतिक दलले चुनाव प्रचारप्रसार र मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन ।

नेपाली कांग्रेसको विधान अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षको टिकट फाइनल गर्ने अधिकार जिल्ला संसदीय समितिलाई छ ।
कांग्रेसले घरदैलो अभियान थालिसकेको छ । कांग्रेसले आफूले जितेको गौरीशंकरमा पुनः जित हात पार्न तयारीमा जुटेको नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिनुभयो ।

स्थानीय जनताको मन र मत दुबै जित्छु : पासादिकी तामाङ शेर्पा

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेस दोलखाबाट गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार रहेकी पासदिकी तामाङ शेर्पाले स्थानीय जनताको मन र मत दुबै जित्ने जिकिर गर्दै गौरीशंकरका स्थानीय जनाको मन जितेर काम गर्ने प्रतिबद्दता जनाएकी छन ।

नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बनेकी कांग्रेस नेतृ पासदीकी तामाङले श्रीमानको शोक बोकेर आफु चुनावी मैदानमा उत्रिएको बताउदै आम मतदाताले न्याय गर्नेमा आफु विस्वस्त रहेको बताएकी छन् ।

स्वर्गीय श्रीमानले देखेको समृध्द गौरीशंकर, ग्रामीण विकास, सुशासन र पतिले सुरु गरेका विकास निर्माणका अधुरा कार्यलाई पुरा गर्न र जातजाति,भाषाभाषी ,धर्म सस्कृति, रितिरिवाज , सामाजिक मुल्य र मान्यतालाइ समेत आत्मासाथ गरेर अगाडी बढ्न आफुले उमेदवारी दिएको चुनावी अभियानको क्रममा बताइन्। गौरीशंकर गाउपालिकाका जनताको सुख दुखको सारथी रहनु भएका श्याम सुन्दर तामाङ्लाइ सम्झदै उनले भनिन उहाले देखाउनु भएको सकारात्मक पथलाइ पहिल्याउदै सत्य ,तथ्य र ,निश्पक्ष ढङ्गबाट जनताको सेवामा लाग्ने र पार्टीले विस्वास गरी दिएको जिम्मेवारी समेत पुरा गर्ने जिकिर गरीन ।

उक्त निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार बिश्वास कार्की अध्यक्षमा र नेपाली कांग्रेसका श्यामसुन्दर तामाङ उपाध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्ष तामाङको २०८० सालको असार महिनामा हृदयघातका कारण निधन भएपछि रिक्त रहेको पदमा मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.