भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै नेपाल उपाधि नजिक

राजन बस्नेत

राजन बस्नेत

साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत आइतबार भएको खेलमा नेपालले भारतलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ।
दुईपटक रोकिएको खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो। अब उपाधिका लागि नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा नेपाल दस खेलाडीमा सीमित हुँदा पनि सावित्रा भण्डारी साम्बाले बराबरी गोल फर्काएकी थिइन्। खेलको दोस्रो हाफ निकै तनावपूर्ण बनेको थियो।
नेपालकी फरवार्ड रेखा पौडेलले पहिलो हाफमा पहेँलो कार्ड पाएकी थिइन्। खेलको ५०औं मिनेटमा भुटानकी रेफ्री ओम चोकीले रेखालाई दोस्रो पहेँलो कार्ड देखाइन्। यसले यसले नेपाल ४० मिनेटको खेल बाँकी रहँदै १० खेलाडीमा सीमित भएको थियो।
सहायक रेफ्री छोडेन छिरिङले रेखाले भारतकी चोन्कीलाई फल गरेको भन्दै झन्डा उठाएकी थिइन्। जबकि, रेखाले चोन्कीसँग बल खोस्न जुझेकी थिइन्। भिडिओ रिप्लेमा रेखाले भारतीय खेलाडीलाई छोएको देखिँदैन। उनी बल प्रहार गर्ने क्रममा लडेको देखिन्छ। तैपनि सहायक रेफ्रीले फलको इसारा गरेपछि उनले रातो कार्ड पाइन्।
रेखाले रातो कार्ड पाएसँगै नेपाली खेलाडी र दर्शक आक्रोशित भएका थिए। नेपाली दर्शकले मैदानमा पानीका बोतल प्रहार गरेका थिए। यसले १० मिनेट खेल रोकिएको थियो।

भारतलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै नेपाल उपाधि नजिक रातो कार्ड पाएको १० मिनेटपछि नै भारतले पहिलो गोल गर्दै अग्रता लियो। भातरका लागि सब्सिच्युट खेलाडी संगीताले गोल गरेकी थिइन्।
खेलमा अग्रता लिएपछि भारतले धेरै बेरसम्म सेलिब्रेसन गर्‍यो। रेफ्रीले खेल सुरू गर्न आग्रह गर्दा पनि भारतीय खेलाडी नआएपछि नेपालले बल चलाएको थियो। प्रीति राईले त्यो बललाई गोलमा परिणत गरिन्। प्रीतिले प्रहार गर्दा मध्यमागमा रहेकी भारतीय गोलकिपर बल रोक्न कुदे पनि त्यति बेलासम्म धेरै ढिला भइसकेको थियो। त्यसपछि रेफ्रीले गोलको इसारासमेत गरेकी थिइन्। तर भारतले त्यो गोलको चर्को विरोध गर्यो ।
भारतको विरोधपछि रेफ्रीले आफ्नो निर्णय परिवर्तन गर्दै गोल नभएको इसारा गरेकी थिइन्। त्यसपछि नेपालका खेलाडी, अधिकारीहरू र रंगशालामा उपस्थित दसौं हजार दर्शकले विरोध गरे। यसले दोस्रोपटक खेल रोकियो।
नेपालले आफूले गरेको गोल पाउनुपर्ने माग गर्दै धेरै बेरसम्म मैदान फर्कन अस्वीकार गरेको थियो।
एक घन्टापछि सुरू भएको खेलमा नेपालकी साम्बाले बराबरी गोल फर्काइन्। उनले प्रीति राईको पासमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी थिइन् र जर्सी खोल्दै ठूलो खुसी मनाएकी थिइन्।
त्यसपछि खेलको ९० मिनेटसम्म कुनै गोल हुन सकेन। खेल पेनाल्टी सुटआउटमा गयो।
पेनाल्टीमा नेपालका साम्बा, गीता राना मगर, सविता राना मगर र अमिषा कार्कीले गोल गरे। दोस्रो हाफको इन्जुरी समयमा कप्तान एन्जिला सुब्बाको सट्टा मैदान छिरेकी नेपालकी गोलकिपर अन्जनाले भारतकी कप्तान असलता देवीको पहिलो पेनाल्टी रोक्ने प्रयास गरिन्। उनको हातमा लागेको बल उछिट्टिएर पोलमा पुग्दा गोल हुन असफल भएको थियो।
त्यसपछि भारतकी मनिसा र शिरभोकरले गोल गरिन्। तर चौथो पेनाल्टी हानेकी चानुको प्रहार अन्जनाले विफल पार्दा नेपालले पेनाल्टीमा विजयी भयो।
यो खेलमा केही विवादास्पद घटना भए। खेलाडी र अधिकारीहरूलाई नियन्त्रणमा लिन नसक्दा खेल रेफ्रीको हातबाट खुस्किएको थियो। नेपालकी रेखा पौडेलले विपक्षी खेलाडीलाई नछोएको अवस्थामा पनि कार्ड पाइन्। नेपालले गरेको गोललाई सुरूमा मान्यता दिनु र पछि अस्वीकार गर्नुले रेफ्रीमाथि दबाब बढेको देखिन्थ्यो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। बीसौं मिनेटमा भारतकी ज्योति चौहान सिक्स यार्ड बक्समा प्राप्त अवसरबाट चुकेकी थिइन्। अनमार्क रहेकी उनले हानेको प्रहार अकासिएको थियो।
३१औं मिनेटमा नेपालले पनि पाएको अवसर खेर फाल्यो। नेपालकी सावित्रा भण्डारी साम्बाले उत्कृष्ट रनिङमा हानेको प्रहारमा भारतकी गोलकिपर देवी वाङखेम बाधक बनिन्। क्लियर हुन नसकेको बलमा अमिषा कार्कीको प्रहारलाई पनि उनले विफल पारेकी थिइन्।
खेलमा नेपालकी साम्बा विपक्षी बक्समा छाए पनि फिनिसिङमा भने सफल भइनन्।


खेल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शकको ओइरो लागेको थियो। १४ हजार दर्शक क्षमताको रंगशालाका सबै टिकट बिक्री भएका थिए।
नेपाल र भारतबीच साफको सेमिफाइनलमा दोस्रोपटक प्रतिस्पर्धा भएको हो। सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थियो। त्यति बेला नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो।
यसपालि पनि नेपालले उपाधिका लागि बुधबार बंगलादेशसँग खेल्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ ले हराएर दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको थियो।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
16 घण्टा अगाडि साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.