मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जना घाइते
साझा दृष्टि संवाददाता
श्रीकृष्ण बस्नेत
जिल्लाको कालिञ्चोक गाउँपालिका ६ लेप्टुङमा आज बेलुका करिब ५ बजे लापिलाङबाट गौरीशंकर गाउँपालिका ८ खारे जाने क्रममा बा.८०प३५१० नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ सवार एकै परिवारका ३ जान घाईते भएका हुन्।
घाईते मध्ये श्रीमतीको अवस्था गम्भीर रहेको छ।घाईते हुनेहरुमा मोटरसाइकल चालक गौरीशंकर गाउँपालिका ८ खारेका अन्दाजी ३१ वर्षीय नारायण तामाङ उनको श्रीमती अन्दाजी २९ वर्षीय सुस्मिता थामी र ३ वर्षिय छोरा फुर्वा तामाङ रहेका छन्। घाईते मध्ये श्रीमतीको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर सत्रुधन महतोले बताए।
अहिले उनिहरुको उपचार पशुपति चौलागाईं समृति अस्पताल चरिकोटमा भइरहेको प्रहरी चौकी सुनखानीले जनाएको छ। मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
