दोलखाका विश्व साइकल यात्री पुष्कर शाहको घुँडा अनुसन्धान गर्दै प्रसिद्ध स्ट्यानफोर्ड युनिभर्सिटी

साझा दृष्टि संवाददाता
Screenshot

साझा दृष्टि संवाददाता

राजन बस्नेत

आश्विन १७ दोलखा । संयुक्त राज्य अमेरिकाको विश्व प्रसिद्ध स्ट्यानफोर्ड युनिभर्सिटीले नेपाली विश्व साइकलयात्री तथा सगरमाथा आरोही भीमेश्वर नगरपालिका वडा न: ७ मकैबारीका पुष्कर शाहको घुँडा गत वर्ष सन् २०२३ सेप्टेम्वरदेखि अनुसन्धान गरिरहेको छ । पुष्कर शाहले २०५५-२०६६ सम्म ११ बर्ष लगाएर संसारका १५० मुलुकको यात्रा साइकलबाट पुरा गरेका थिए ।

विश्व साइकल यात्रा समाप्तिपछि उनले संसारभरिको झण्डा लिएर २०६७ जेठमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको थिए । हालसम्म झन्डै ३ लाख किलोमिटर साइकल कुदाइ सकेका शाह आफैमा एउटा शाहसिक व्यक्तिमा पर्छन् ।

एउटा मान्छेको जीवनमा ३ लाख किलोमिटर दुरी साइकलमा प्याडलिंङ्ग गर्नु सामान्य कुरा हैन । यति लामो दुरी प्याडलिंङ्ग गर्ने घुँडाको अध्ययन / अनुसन्धान गर्नु विज्ञानको लागि अर्को नौलो कुरा हुनसक्छ । विज्ञानको क्षेत्रमा संसारको पछिल्लो अति विकसित ११ टेस्लाको एमआरआइ मेसिनद्वारा साइकलयात्री शाहको घुँडा अनुसन्धान भइरहेको छ । शाह चर्चित नेपाली पत्रकार प्रेम बानियासँगको सहकार्यमा ‘ब्याक टु नेपाल २०३०’ को अभियान चलाइरहेका छन् । गत वर्ष शाहले संयुक्तराज्य अमेरिकाको ५० वटै राज्यमा साइकलबाट घुमेका थिए । उक्त साइकल यात्राको क्रममा स्ट्यानफोर्ड विश्वविद्यालयका डाक्टरहरूको एउटा समूहले शाहको घुँडा अनुसन्धान गर्ने चासो देखाएको थियो ।

रेडियोलोजिस्ट डा.सागर वाग्लेको पहलमा डा. शशी शिंह , डा. अनन्या गोयल, डा.रसेल सलित, प्रोटोकल डाइरेक्टर डा. फेलिका कोगानको समूहले विगत एक वर्षदेखि उनको घुँडाको अनुसन्धान गरिरहेको छ । यस वर्ष सेप्टेम्बरमा दोश्रो पटक उनको घुँडालाइ एमआरआइ राखिएको थियो ।

पुष्कर शाहको घुँडाको अनुसन्धानबाट खेल जगत र स्वास्थ्य क्षेत्रमा एउटा नया तथ्य निस्कने अनुसन्धान लागेका रेडियोलोजिस्ट डा.वाग्ले बताउँछन् । ‘हरेक मान्छेको जीवनमा घुँडाको पाँङ्ग्रा कति पटक घुम्ने भन्ने प्राकृतिक नियम हुन्छ । मेरो घुँडाको पाँङ्ग्राको नियम पनि उस्तै होला । पृथ्वीलाइ ७ फन्को नाप्न पुग्ने दुरी प्याडलिंङ्ग गरी सक्दा पनि घुँडामा कुनै असर नहुनु विज्ञानलाइ अनौठो लाग्न सक्छ ।’ डा.रसेलको प्रश्नमा साइकलयात्री शाह भन्छन ।

स्ट्यानफोर्ड, युनिभर्सिटी क्यालिफोर्नियामा रहेको निजी अनुसन्धान विश्वविद्यालय हो । ८,१८० -एकर क्षेत्रफलमा फैलिएको यो विश्वविद्यालय संयुक्तराज्य अमेरिकामा सबैभन्दा ठूलो मध्ये एक हो । स्ट्यानफोर्ड युनिभर्सिटी विज्ञानको क्षेत्रमा नयाँ नयाँ अनुसन्धान गरेर विश्व प्रसिद्ध छ । विश्वप्रसिद्ध साइकलयात्री पुष्कर शाहको घुँडाको अनुसन्धान गरेर स्ट्यानफोर्ड युनिभर्सिटीले अनुसन्धानको दुनियाँमा अर्को नयाँ तथ्य सार्वजनिक गर्ने प्रयास गरिरहेको छ l

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.