ऎतिहसिक दस्तावेज बन्यो कालिन्चोकको डाँफे मुनाल

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

आश्विन १७ ,दोलखा । राष्ट्रिय सभाका उपाध्यक्ष माननीय विमला घिमिरेद्वारा दोलखाको परिवेश समेटेर तयार गरिएको म्युजिक भिडियो कालिन्चोका डाँफे मुनालको विमोचन भएको छ ।

राजधानीको बागबजारस्थित होटल हार्दिकमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकार्पण गरिएको गीतमा सुमधुर स्वरद्वारा मन जित्न सफल गलामाधुरी गायिका अस्मिता अधिकारी र सङ्गीतज्ञ तथा स्वरमाधुर्यसेभित गायकनरहरी प्रेमीको रहेको छ भने शब्द सिर्जना युवा साहित्यकार सुन्दर खड्काले गर्नुभएको छ । माननीय घिमिरेले देशको गीत गाउँदा देशभक्तिको भावना जाग्ने र युवालाई समेत स्वदेशलाई कर्मभूमि बनाउन प्रेरणा दिनुपर्ने बताउनुभयो ।

प्रतिकुल मौसममा समेतदोलखा तथा राजभानावासी दर्शक तथा सहभागीले भरिएको सभाकक्षमा सम्पन्न कार्यक्रममा म्युजिक भिडियोका नायक सञ्जीव ठकुरी र नायिका बबिता गुरुङ समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागिरक उड्डयन मन्त्रालयका पूर्व मन्त्री अनन्द प्रसाद पोखरेलले दोलखालाई पर्यटनसँग जोडेर मात्र समृद्धि ल्याउन संभावना रहेको र यो गीतले सो कार्यलाई थप मद्दत गर्ने बताउनु भएको थियो । दोलखाको जिरी मैनापोखरी भोर्ले शैलुङ कालिन्चोक सुनखानी सुन्द्रावती डाङडुङ्गे डाँडा खरिढुङ्गा लगायतका स्थानमा छायाँङ्कन गरिएको भिडियोले दोलखाको सौन्दर्य बढाउनेमा विश्वस्त रहेको कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीले बताउनुभयो ।

लोकार्पण कार्यक्रममा राप्रपाका सहमहामन्त्री विजय खड्का,नेकपा एमाले दोलखाका उपसचिव हरि ओली, रास्वपाका जिल्ला कमिटी दोलखका सचिव रमेश श्रेष्ठ, जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत रोन श्रेष्ठ, सङ्गीतकार तथा गायक नरहरि प्रेमी तथा रचनाकार सुन्दर खड्काले गीतले दिन खोजेको सन्देशको बारेमा बताउनुभएको थियो । राजधानीबाट विमोचन गरिएको म्युजिक भिडियोको लिङ्कलाई कार्यक्रमका प्रमुख अतिथि माननीय विमला घिमिरेले क्लिक गरी लोकार्पण गरिएको गीतलाई दर्शक तथा स्रोताहरुले https://youtu.be/pt_Iw0riHMk मार्फत युट्युब च्यानलबाट हेर्न सकिनेगरी राखिएको छ ।

सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, दोलखाका इकाई प्रमुख शङ्करबाबु श्रेष्ठ, कालिन्चोक माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसुवास श्रेष्ठ, त्रिभुवन मावि मेलुङका प्रधानाध्यापक सन्तोष श्रेष्ठ, सिप्रदी ट्रेडिङ दोलखाका प्रमुख रुपेश जङ्ग कार्की, सामाजिक अभियान्ता गणेश शिवाकोटी , इडो एकेडेमीका प्रोप्राइटर प्रकाश चन्द्र शाहीलगायतको उपस्थिति रहेको थियो ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.