स्लो बाइक रेस प्रतियोगिताको उपाधि काजी लामाको पोल्टामा

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

चैत ११ दोलखा ।सरल नेपाल दोलखा र चरिकोट युव क्लबको आयोजनामा चरिकोटमा होली फेस्ट २०८० कार्यक्रम सम्पन्न भएको छ ।

होलीको अवसरमा सदरमुकाम चरिकोट सातदोबाटोमा स्लो बाइक रेस सिजन ३ पनि यस वर्षको होलीमा सम्पन्न भएको छ ।

स्लो बाइक रेस प्रतियोगितामा सहभागी ३६ जना मध्ये काजी लामा प्रथम, जेम्स शेर्पाले दोश्रो, अन्जन जोशी तेश्रो र जीवन जोशीले सान्त्वना स्थान हासिल गरेका छन ।विजयी खेलाडीलाई नगद रु १० हजार, ७ हजार ५ सय , ५ हजार र २ हजार ५ सय नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको सरल नेपाल दोलखाका अध्यक्ष सौगात थापाले जानकारी दिए ।

३६ जना प्रतिस्पर्धि सहभागी प्रतियोगितामा ढिलो बाइक कुदाउने लाई विजयी घोषणा गरिएको हो।दुईवटा संस्थाले अघिल्ला वर्षहरुमा पनि यस्तै मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएका छन्।
स्लो बाइक रेस संगै संस्थाले होलि विशेष साँस्कृतिक कार्यक्रम,खुल्ला डान्स समेत प्रस्तुत गरेको थियो कार्यक्रम सन्चालक बिस्णु सिवाकोटीले बताए ।

कार्यक्रम भिमेश्वर नगरपालिका मेयर इश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न सरल नेपाल दोलखाका अध्यक्ष्य सौगात थापा र चरिकोट युवा क्लबका उपाध्यक्ष किरण घिसिङको सयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो।

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...

नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।  ...

बालेनलाई पितृ शोक
साझा दृष्टि संवाददाता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ।   पारिवारिक स्रोतकाअनुसार उनका बुबा रामनारायण शाहको सोमबार...

दोलखा कांग्रेसले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका साथ मनाउने
राजन बस्नेत

नेपाली कांग्रेस दोलखाको सभापति बर्मा लामाको सभापतित्वमा बसेको कार्य सम्पादन समिति बैठकले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका...

एमाले दोलखाका पूर्वसचिव दुलाल नेकपामा प्रवेश
साझा दृष्टि संवाददाता

नेकपा (एमाले) दोलखाका पूर्व पार्टी सचिव तथा शैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश...

अहिलेको सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउनै सक्दैन: ओली
साझा दृष्टि संवाददाता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै यसको संवैधानिक परीक्षण...

.