परोपकार महिला साकोसको बाह्रौं साधारण सभा सम्पन्न: १८ लाख बढी नाफामा
साझा दृष्टि संवाददाता
दोलखा २९ असोज । दोलखाको भीमेश्वर नगरपालिका-६ मा रहेको परोपकार महिला साकोशले गत बर्ष १८ लाख बढी नाफा कमाएको छ।
आईतबार सम्पन्न सहकारीको बाह्रौं साधारणसभामा प्रस्तुत गत आवको आर्थिक प्रतिवेदनमा १८ लाख ५ सय ६७ रुपैयाँ मुनाफा आर्जन भएको उल्लेख छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष सहकारीको मुनाफा घटेको हो । अघिल्लो वर्ष ३१ लाख ७१ हजार बढी मुनाफा कमाउन सफल भएको थियो।
सहकारीले नाफा मात्र नभई सदस्यहरूको उत्थान, जीविकोपार्जन र सशक्तिकरणमा बढी जोड दिएको जनाएको छ। प्रतिवेदन अनुसार दुई हजार ७२ जना सदस्य रहेको सहकारीको कुल पूँजी १४ करोड ९१ लाख २४ हजार रुपैयाँ पुगेको छ ।

सहकारीमा दश करोड ६१ लाख ७५ हजार बचत रहेको छ भने, १२ करोड ४५ लाख ९१ हजार रुपैयाँ ऋण लगानी गरेको कोषाध्यक्ष भवानी खड्काले बताइन् ।
सहकारीले निक्षेप संकलन, कर्जा प्रवाहसँगै सदस्यको आर्थिक स्तरोन्नति र सामाजिक कार्य गर्दै आएको उल्लेख गरिन् । उनले आर्थिक मन्दीले गर्दा ऋण लगानी र असुली सन्तोषजनक नभएको बताइन् । संस्थाका अध्यक्ष सर्मिला सापकोटाले आफुसँगै अन्य महिलाहरुले नेतृत्व गरेको यो सहकारीलाई अब्बल व्यवस्थित र नमुना योग्य वनाउन निरन्तर सक्रिय रहेको बताइन् । उनले आर्थिक शसक्तिकरण बिना महिला सबल हुन नसक्ने उल्लेख गर्दै सहकारीले महिलालाई आयआर्जन र आत्मनिर्भरताको बाटोमा दोहोर्याउने काम गरिरहेको बताइन् ।

सभामा वक्ताहरुले सहकारी एकीकरण, नीति, विधि र प्रविधिको उच्चतम उपयोग, उत्पादनमुखी ऋण लगानी, सामाजिक कार्य, सदस्यको आर्थिक विकासमा सहकारी लाग्नुपर्ने जोड दिएका थिए।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
