छैटौँ अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतीय खेलाडी इन्द्रजित महिन्द्रकारको पोल्टामा

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

राजन बस्नेत

दोलखा ९ जेष्ठ । दोलखा सदरमुकाम चरिकोटमा शुक्रबारबाट सुरु भएको छैटौँ अन्तर्राष्ट्रिय बुद्धिचाल (चेस) प्रतियोगिताको उपाधि भारतीय खेलाडी इन्द्रजित महिन्द्रकारको पोल्टामा परेको छ ।

८.५ अंकसहित प्रथम भएका महिन्द्रकारले नगद एक लाखसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए

प्रतियोगिताको दोस्रो र तेस्रो स्थान पनि भारतीय खेलाडीहरूले नै हात पारेका छन्।

प्रतियोगितामा उपविजेता (दोस्रो) भारतकै वेदान्त नगरकाट्य र तेस्रो मोहित कुमार सोनी भएका छन्। ७.५ अंक सहित उपविजेता बनेका नगरकाट्यले ६० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा ७ अंक सहित तेस्रो बनेका सोनीले नगद ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका आयोजक दोलखा चेस होमका अध्यक्ष गोविन्द मान श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा १२ वर्षमुनिको अर्को प्रतिस्पर्धामा पनि भारतकै ६ वर्षीया बालिका अनुपरिया यादव विजेता बनेकी छन्। उनले ४ अंक प्राप्त गरेको आयोजकले जनाएको छ। नेपाल च्याम्पियन रुपेश जैसवाल ६.५ अंकसहित दशौ भएका थिए भने ६ अंकसहित नेपालका खेलाडी नविन तण्डुकार बेष्ट भेटरान बनेका छन्।

त्यसैगरी महिला तर्फ ६ अंक सहित श्रीलंकाको खेलाडी एसडी रनसिंगे प्रथम भएकी छन् ।
चरिकोटमा आयोजित प्रतियोगिता समापन समारोहमा विजयी प्रतियोगीहरुलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री माननीय शंकर भण्डारीले पुरस्कार प्रदान गर्नुभएको थियो ।

दोलखा चेस होम नेपालले पूर्वमन्त्री, आदर्श पुरुष नेपाली काङ्ग्रेसका नेता स्वर्गीय भीम बहादुर तामाङको स्मृतिमा प्रतियोगिता आयोजना गरेको हो । चरिकोटस्थित कालिञ्चोक माध्यामिक विद्यालयमा सञ्चालन भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, फ्रान्स र अमेरिकाका गरी १ सय ५६ खेलाडी सहभागि भएको दोलखा चेस होम नेपालका अध्यक्ष गोविन्दमान श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियागितामा सबैभन्दा कान्छी खेलाडी भारतकी ६ बर्षिया अनुप्रिया यादव र सबैभन्दा जेष्ठ खेलाडी भारतकै ८३ बर्षिय डाक्टर आर के गुप्ता सहभागि हुनुभएको थियो । भीम बहादुर तामाङ स्मृति प्रतिष्ठान, नेपाल र दोलखा जिल्ला बुद्धिचाल सङ्घको सहयोगमा आयोजित खेल जेठ ५ गतेदेखि सुरु भएको हो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजय बाबू सिवाकोटी, भीमबहादुर स्मृति प्रतिस्ठानका केन्द्रिय अध्यक्ष एबम नेपाली काङ्ग्रेस दोलखाको पार्टी सभापति बर्मा लामा नि बर्तमन पार्टी सभापति रुद्र बहादुर खड्का जिरी नगरपालिकाका मेयर मित्र जिरेल  लगायतले सम्बोधन गर्नुभएको थियो ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.