चरिकोट शाखाका केन्द्र प्रमुखहरुलाइ वित्तीय साक्षरता प्रदान गर्दै कालिका लघुबित्त
सहभागी महिला भन्नुहुन्छ : चौनौतिमा अवसर खोज्न सक्ने महिला नै सफल हुने
राजन बस्नेत
कालिका लघुबित्त सस्था लिमिटेड चरीकोट शाखाले सदरमुकाम चरीकोटमा एक दिवसिय केन्द्र प्रमुख गोस्ठी तथा बित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।
संस्थाका सदस्यहरुका लागि वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि कालिका लघुबित्त सस्था लिमिटेडका केन्द्रिय विभागीय साहायक कृष्ण प्रसाद मैदालिले वित्तीय साक्षरताले व्यक्तिहरूलाई आर्थिक नियमन, वित्तीय प्रवीणता र वित्तीय योजनाहरूको प्रभावी प्रयोग गर्न सहायक बनाउन प्रभावकारी भुमिका निर्वाह गर्ने बताउनुहुदै वित्तीय साक्षरता व्यक्तिहरूले वित्तीय सेवाहरूको प्रयोग र वित्तीय क्रियाकलापमा उच्च स्तरको क्षमता, बचत, ऋण प्राप्ति, तथा वित्तीय योजनाहरू सम्बन्धी ज्ञान र पारिवारिक बजेट अवलम्बन गर्न पारिवारिक बजेटले परिवारभित्रको आम्दानीका स्रोतहरूको राम्रोसँग उपयोग गर्न र खर्चलाई व्यवस्थित एवं आवश्यकताका आधारमा खर्च गर्न सक्ने जिकिर गर्दै उनीहरूलाई आर्थिक समृद्धि र सुरक्षा प्राप्त गर्न सहजता मिल्ने धारणा ब्यक्त्त गर्नुभयो ।
प्रमुख अतिथि मैदालिले सदस्यहरुबाट आएको जिज्ञासालाइ सम्बोधन गर्नुहुदै वित्तीय साक्षरता विभिन्न प्रकारका हुन्छन्, जसले विभिन्न स्तरका व्यक्ति तथा समुदायहरूलाई वित्तीय बजारहरूमा संलग्न र शिक्षित लगानीकर्ता बन्न, वित्तीय ज्ञान र क्षमता अभिवृद्धिमा मद्दत पुग्ने जानकारी दिनुभयो ।

त्यस्तै अनुगमन कार्यालय खानिखोला धादिङका अनुगमन प्रमुख हस्त बहादुर पुनले बित्तिय साक्षरता समन्धी प्रशिक्षण दिनुका साथै असल ऋणीको ब्यासायिक सफलताको कथा समेत प्रस्तुत गर्दै व्यावसायिक वित्तीय साक्षरताले उद्यमीहरूलाई उचित ऋणको प्राप्ति, व्यापारिक निर्णयको लागि वित्तीय विश्लेषण र आर्थिक योजनाहरू बनाउने ज्ञान प्रदान गर्ने भन्दै व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सान्दर्भिक वित्तीय अवधारणा, सिद्धान्तहरूको ज्ञान, व्यावसायिक वित्तीय साक्षरताले व्यवसायलाई वित्तीय विवरणहरू( ब्यालेन्स सिट, आय विवरण, र नगद प्रवाह विवरण) जस्ता वित्तीय विवरणहरू बुझ्न सहयोग पुर्याउँने बताउनुभयो । आफ्नो प्रशिक्षणमा उहाले व्यावसायिक वित्तीय साक्षरताले व्यवसायलाई नगद प्रवाह व्यवस्थापन, बजेटको विकास र व्यवस्थापन, लगानी गर्ने निर्णय, व्यवसाय गर्दै जाँदा आइपर्ने हरेक जोखिम व्यवस्थापन गर्न, व्यापार लेनदेनको कर प्रभावहरू बुझ्दै र कर कानून र नियमहरूको अनुपालन गर्न महत्त्वपूर्ण योगदान दिने पुनको जिकिर थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा कालिका लघुबित्त सस्था लिमिटेड मन्थली शाखा प्रमुख गङ्गा प्रसाद सुबेदिले सामुदायिक वित्तीय साक्षरता भन्ने बितिकै कुनै एक समुदायका वित्तीय अवधारणा, सीपहरू र ज्ञानलाई बुझाउने भन्दै यसमा समुदायहरूलाई बचत, ऋण, बीमा र अन्य वित्तीय सेवाहरूको प्रयोग गर्न सिकाउनेमा जोड दिनुपर्ने बताउनुभयो ।
वित्तिय संस्थाले सहजै विश्वास नगर्ने, घरायसी सहयोगको अभाव, महिलालाई घर बाहिर देख्न नचाहाने मानसिकता, अध्ययन नै पुरा नभई विवाह गरिदिने चलन चुनौति रहेको केन्द्र प्रमुखहरुको ठहर छ तर कार्यक्रममा सहभागी हुनुभएको चिनिमाया श्रेष्ठले भने चुनौतीमै अवसर खोज्न सक्ने महिला नै सफल हुने बताउनुहुदै कालिका लघुबित्त सस्थाले सो अवसर ग्रामीण भेगका महिलाहरुलाइ दिएको प्रति खुशि ब्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका चरिकोट शाखा प्रमुख मनिता सुनुवारले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै शाखाले गरेको कार्यहरुको प्रगती विवरण तथा कार्यक्रम सन्चालन समेत गर्नुभएको थियो।

क्रार्यक्रममा उत्कृष्ट ऋणी ,उत्कृष्ट बचतकर्ता र उत्कृष्ट केन्द्र प्रमुखलाई आकर्षण पुरस्कार तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने प्रथम हुने केन्द्र लाई नगद रु ३००१ दोस्रोलाइ नगद रु २००१ र तेस्रो हुने लाई नगद रु १००१ साथै प्रथम देखि उत्कृष्ट १० सम्म पर्न सफल केन्द्र लाई प्रमाणपत्र सहित सम्मान गरिएको संस्थाका कर्मचारी अस्मिता सुबेदि ढुङ्गेलले साझादृष्टि अनलाइनलाइ जानजारी दिनुभयो ।
१०३.०४० केन्द्रका केन्द्र प्रमुख धावा छिम्जुङ शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य तथा सरोकारवालाहरुलाइ वित्तीय साक्षरता गराउने उद्देश्यले आयोजना गरिएको उक्त्त कार्यक्रममा संस्थाको केन्द्र प्रमुख ,उप प्रमुख, प्रतिनिधि , समाजसेवी , सदस्य तथा कर्मचारीहरु गरि ५५ जनाको सहभागीता रहेको थियो ।
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित
विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददातालुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददातादोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाताकाठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाताकाठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...
नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाताबागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...
नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाताएसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ। ...
