चरिकोट शाखाका केन्द्र प्रमुखहरुलाइ वित्तीय साक्षरता प्रदान गर्दै कालिका लघुबित्त

सहभागी महिला भन्नुहुन्छ : चौनौतिमा अवसर खोज्न सक्ने महिला नै सफल हुने

राजन बस्नेत

राजन बस्नेत

कालिका लघुबित्त सस्था लिमिटेड चरीकोट शाखाले सदरमुकाम चरीकोटमा एक दिवसिय केन्द्र प्रमुख गोस्ठी तथा बित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

संस्थाका सदस्यहरुका लागि वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि कालिका लघुबित्त सस्था लिमिटेडका केन्द्रिय विभागीय साहायक कृष्ण प्रसाद मैदालिले वित्तीय साक्षरताले व्यक्तिहरूलाई आर्थिक नियमन, वित्तीय प्रवीणता र वित्तीय योजनाहरूको प्रभावी प्रयोग गर्न सहायक बनाउन प्रभावकारी भुमिका निर्वाह गर्ने बताउनुहुदै वित्तीय साक्षरता व्यक्तिहरूले वित्तीय सेवाहरूको प्रयोग र वित्तीय क्रियाकलापमा उच्च स्तरको क्षमता, बचत, ऋण प्राप्ति, तथा वित्तीय योजनाहरू सम्बन्धी ज्ञान र पारिवारिक बजेट अवलम्बन गर्न पारिवारिक बजेटले परिवारभित्रको आम्दानीका स्रोतहरूको राम्रोसँग उपयोग गर्न र खर्चलाई व्यवस्थित एवं आवश्यकताका आधारमा खर्च गर्न सक्ने जिकिर गर्दै उनीहरूलाई आर्थिक समृद्धि र सुरक्षा प्राप्त गर्न सहजता मिल्ने धारणा ब्यक्त्त गर्नुभयो ।
प्रमुख अतिथि मैदालिले सदस्यहरुबाट आएको जिज्ञासालाइ सम्बोधन गर्नुहुदै वित्तीय साक्षरता विभिन्न प्रकारका हुन्छन्, जसले विभिन्न स्तरका व्यक्ति तथा समुदायहरूलाई वित्तीय बजारहरूमा संलग्न र शिक्षित लगानीकर्ता बन्न, वित्तीय ज्ञान र क्षमता अभिवृद्धिमा मद्दत पुग्ने जानकारी दिनुभयो ।

त्यस्तै अनुगमन कार्यालय खानिखोला धादिङका अनुगमन प्रमुख हस्त बहादुर पुनले बित्तिय साक्षरता समन्धी प्रशिक्षण दिनुका साथै असल ऋणीको ब्यासायिक सफलताको कथा समेत प्रस्तुत गर्दै व्यावसायिक वित्तीय साक्षरताले उद्यमीहरूलाई उचित ऋणको प्राप्ति, व्यापारिक निर्णयको लागि वित्तीय विश्लेषण र आर्थिक योजनाहरू बनाउने ज्ञान प्रदान गर्ने भन्दै व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सान्दर्भिक वित्तीय अवधारणा, सिद्धान्तहरूको ज्ञान, व्यावसायिक वित्तीय साक्षरताले व्यवसायलाई वित्तीय विवरणहरू( ब्यालेन्स सिट, आय विवरण, र नगद प्रवाह विवरण) जस्ता वित्तीय विवरणहरू बुझ्न सहयोग पुर्‍याउँने बताउनुभयो । आफ्नो प्रशिक्षणमा उहाले व्यावसायिक वित्तीय साक्षरताले व्यवसायलाई नगद प्रवाह व्यवस्थापन, बजेटको विकास र व्यवस्थापन, लगानी गर्ने निर्णय, व्यवसाय गर्दै जाँदा आइपर्ने हरेक जोखिम व्यवस्थापन गर्न, व्यापार लेनदेनको कर प्रभावहरू बुझ्दै र कर कानून र नियमहरूको अनुपालन गर्न महत्त्वपूर्ण योगदान दिने पुनको जिकिर थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा कालिका लघुबित्त सस्था लिमिटेड मन्थली शाखा प्रमुख गङ्गा प्रसाद सुबेदिले सामुदायिक वित्तीय साक्षरता भन्ने बितिकै कुनै एक समुदायका वित्तीय अवधारणा, सीपहरू र ज्ञानलाई बुझाउने भन्दै यसमा समुदायहरूलाई बचत, ऋण, बीमा र अन्य वित्तीय सेवाहरूको प्रयोग गर्न सिकाउनेमा जोड दिनुपर्ने बताउनुभयो ।

वित्तिय संस्थाले सहजै विश्वास नगर्ने, घरायसी सहयोगको अभाव, महिलालाई घर बाहिर देख्न नचाहाने मानसिकता, अध्ययन नै पुरा नभई विवाह गरिदिने चलन चुनौति रहेको केन्द्र प्रमुखहरुको ठहर छ तर कार्यक्रममा सहभागी हुनुभएको चिनिमाया श्रेष्ठले भने चुनौतीमै अवसर खोज्न सक्ने महिला नै सफल हुने बताउनुहुदै कालिका लघुबित्त सस्थाले सो अवसर ग्रामीण भेगका महिलाहरुलाइ दिएको प्रति खुशि ब्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाका चरिकोट शाखा प्रमुख मनिता सुनुवारले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै शाखाले गरेको कार्यहरुको प्रगती विवरण तथा कार्यक्रम सन्चालन समेत गर्नुभएको थियो।

क्रार्यक्रममा उत्कृष्ट ऋणी ,उत्कृष्ट बचतकर्ता र उत्कृष्ट केन्द्र प्रमुखलाई आकर्षण पुरस्कार तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने प्रथम हुने केन्द्र लाई नगद रु ३००१ दोस्रोलाइ नगद रु २००१ र तेस्रो हुने लाई नगद रु १००१ साथै प्रथम देखि उत्कृष्ट १० सम्म पर्न सफल केन्द्र लाई प्रमाणपत्र सहित सम्मान गरिएको संस्थाका कर्मचारी अस्मिता सुबेदि ढुङ्गेलले साझादृष्टि अनलाइनलाइ जानजारी दिनुभयो ।

१०३.०४० केन्द्रका केन्द्र प्रमुख धावा छिम्जुङ शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य तथा सरोकारवालाहरुलाइ वित्तीय साक्षरता गराउने उद्देश्यले आयोजना गरिएको उक्त्त कार्यक्रममा संस्थाको केन्द्र प्रमुख ,उप प्रमुख, प्रतिनिधि , समाजसेवी , सदस्य तथा कर्मचारीहरु गरि ५५ जनाको सहभागीता रहेको थियो ।

युवा सकारात्मक परिवर्तनका संवाहक हुन
2 घण्टा अगाडि साझा दृष्टि संवाददाता

नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई...

स्व. गिरिजाप्रसाद कोईरालाको स्मृतिमा सभापति लामाले गरे निःशुल्क कोचिङ कक्षाको उद्घाट
2 घण्टा अगाडि राजन बस्नेत

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पाटि सभापति स्व. गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा जी.पी. कोईराला फाउन्डेसन...

नयाँ वर्षको अवसर पारी चरिकोटमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरीने
राजन बस्नेत

सडकमै खाऔँ, सडकमै रमाऔँ – रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ भन्ने नारासहित नयाँ वर्षको अवसरमा चरिकोटमा...

नेपाल विद्यार्थी संघ दोलखाको क्षेत्रीय अध्यक्षमा नोर्गेन शेर्पा र सन्देश कोइराला चयन
राजन बस्नेत

नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखाले क्षेत्र नं १ (प्रदेश सभा ‘क’ र ‘ख’) का अध्यक्षहरू चयन गरेको छ। संगठनले...

अष्ट्रेलिया पढ्न जान ‘ ग्लोबल कन्सल्टमा भर्ना अभियान’
राजन बस्नेत

काठमाण्डौं , विदेशमा पढ्न जाने विद्यार्थीहरु माझ भरपर्दो कन्सल्टेन्सीका रुपमा परिचित ग्लोबल कन्सल्ट काठमाण्डौंले  ‘अष्ट्रेलिया एडमिसन डे’ को आयोजना...

९८.९९ प्रतिशत अंक दाबी गरेका कुलमानलाई सरकारले दियो शून्य अंक
साझा दृष्टि संवाददाता

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको छ। आर्थिक वर्ष २०८०/८१...

.