कला, संस्कृति र परम्पराका हिसाबले हामी समृद्ध छौँ : उपप्रधानमन्त्री सिंह

राजन बस्नेत

राजन बस्नेत

नेपाल सरकारका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कला, संस्कृति र परम्पराका हिसाबले समृद्ध रहेको तमु ल्होसार संरक्षण गर्न जागरूक हुनुपर्ने बताएका छन् ।

आज यहाँ टुँडिखेलमा आयोजना गरिएको तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै उनले पुर्खाले सुम्पिएको समृद्ध संस्कृतिको रक्षा गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री सिंहले भने, “महोत्सवमा देखिएको सबै वर्गको उपस्थिति र सहभागिता राम्रो पक्ष हो । पुर्खाले हामीलाई सुम्पिएको अत्यन्त समृद्ध संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । जुन अधिकार प्राप्त गरेका छौँ, त्यसलाई संरक्षण र संवर्द्धन गर्नका लागि जिम्मेवार तवरले हामीले आफ्नो अधिकार प्रयोग गर्दै कसैलाई अप्ठ्यारो नहुनेगरी गर्नुपर्छ किनकि आफ्नो भाषा, धर्म, संस्कृति, रहनसहन, पुर्खाले छाडेर गएका रीतिथिति जोगाउन वर्तमानमा सक्रियता बढाउनु आवश्यक छ ।”

महोत्सवमा गुरूङ समुदायको उपस्थिति, कला, संस्कृति, परम्पराको प्रस्तुतिले आफ्नो पहिचान कायम गर्न अत्यन्त जागरूक देखिएको भन्दै उनले नयाँ पिँढीलाई परम्पराको हस्तान्तरण गरिरहेकामा बधाई ज्ञापन गर्दै उपप्रधानमन्त्री सिंहले राष्ट्र र समाजलाई उन्नत, सम्पन्न बनाउन आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरे ।

प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेत

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...

भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेत

भीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...

विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेत

भारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...

अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेत

दोलखा  जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेत

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...

दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेत

नेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...

.