माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रबाट आंशिक विद्युत् उत्पादन सुरु
राजन बस्नेत
बाढिपहिरोले क्षति पुर्याएको झन्डै तीन महिनाअघि माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रबाट आंशिक विद्युत् उत्पादन सुरु भएपछि त्यसले सुक्खा याममा “केही हदसम्म राहत” दिएको अधिकारीहरूले बताएका छन्।
स्वदेशी लगानीको ४५६ मेगावाट क्षमताको उक्त आयोजनामा असोज महिनाको विध्वंसकारी विपद्ले ठूलो क्षति पुर्याएको थियो।
त्यसयता सो आयोजनाबाट उत्पादन रोकिएको थियो भने त्यसकै कारण कतिपयले यो हिउँदमा ‘लोडशेडिङ’ हुन सक्ने चिन्तासमेत व्यक्त भएका थिए।
आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
बिजुलीको उच्च माग हुँदा साँझमा आपूर्ति गर्न धौधौ, फेरि ‘लोडशेडिङ’ हुने डर
तर बीबीसीसँग कुरा गर्दै नेपाल विद्युत् प्राधिकरणका प्रवक्ताले अझै पनि दैनिक माग पूरा गर्न चुनौती रहेको भए पनि घरायसी उपभोक्ताका लागि ‘लोडशेडिङ’ भने नहुने बताए।
माथिल्लो तामाकोशीको पछिल्लो प्रगति के हो?
अझै पनि एउटा बालुवा थिग्र्याउने पोखरीको मर्मत सम्भार गर्न बाँकी रहेको अधिकारीहरू बताउँछन्
माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका सूचना अधिकारी मित्रमणि अधिकारीले असोज १२ गतेबाट बन्द रहेको विद्युत् उत्पादन मङ्गलवारबाट सुरु भएको जानकारी दिए।
उनी भन्छन्, “दुई वटा बालुवा थिग्र्याउने पोखरीमध्ये एउटाको निर्माण सम्पन्न भएर त्यसलाई भरेर उत्पादन सुरु भएको छ।”
उनले बाढी पहिरोका कारण क्षति पुगेको अर्को त्यस्तै पोखरीको निर्माणपछि मात्रै यो आयोजना पूर्ण स्तरमा सञ्चालनमा आउन सक्ने बताए।
यसअघि अधिकारीहरूले पुस १० गतेभित्र नै माथिल्लो तामाकोशी आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्ने बताएका थिए।
नेपाल, भारत, बाङ्ग्लादेश विद्युत् व्यापारको आर्थिक र कूटनीतिक महत्त्व के छ?
नेपालले भारतलाई दश वर्षमा दश हजार मेगावाट विद्युत् बेच्न कति सम्भव?
तर अधिकारीले बालुवा थिग्र्याउने दोस्रो पोखरीको मर्मतका लागि अझै केही समय लाग्ने भन्दै त्यसमा ‘धेरै क्षति पुगेको र पूरै मर्मत गर्नुपर्ने’ अवस्था रहेको बताए।
उनले भने, “त्यहाँको भूमिगत सुरुङ पूरै क्षतविक्षत भएको छ। त्यसको पुनर्निर्माण योजना बनाउने काम भइरहेको छ। विस्तृत कार्यक्रम चाँडै आउँछ।”
नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको स्वायत्त माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडअन्तर्गतको यो परियोजना सन् २०२२ को अगस्ट महिनाबाट सञ्चालनमा आएको हो।
अर्धजलाशययुक्त नदी प्रणालीमा आधारित उक्त आयोजनालाई प्राधिकरणले हिउँदको समयमा भार व्यवस्थापन गर्न प्रयोग गर्दै आएको छ।
स्वदेशी स्रोत र व्यवस्थापनमा ११ वर्षमा बनेको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको लागत करिब ८६ अर्ब रुपैयाँ थियो।
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित
विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददातालुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददातादोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाताकाठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाताकाठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...
नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाताबागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...
नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाताएसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ। ...
