भीमेश्वर नगर भित्रका १ सय १४ जना स्वयंसेविकाहरु सम्मानित

जनताको आधारभूत स्वास्थ्य सेवा सन्देश सम्वाहकका रुपमा सामुदायिक स्वास्थ्य स्वयंसेविका निरन्तर लागिरहनुभएको उल्लेख ग

राजन बस्नेत

राजन बस्नेत

२१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा आयोजित भीमेश्वर नगरपालिका भित्र कार्यरत १ सय १४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशंसा-पत्र प्रदान गरिएको छ ।
“विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता” भन्ने मुल नाराका साथ २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अबसर पारी उमेरहदका कारण सेवानिवृत्त हुनुभएका १७ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई संघिय सरकार बाट २० हजार र स्थानीय सरकार बाट २० हजार गरि जनही ४० हजार नगद तथा सम्मान- पत्र सहित दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाको उपप्रमुख कमला बस्नेतले सम्मान गर्नुभयो ।


कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले जनताको आधारभूत स्वास्थ्य सेवा सन्देश सम्वाहकका रुपमा सामुदायिक स्वास्थ्य स्वयंसेविका निरन्तर लागिरहनुभएको उल्लेख गर्दै महिला स्वास्थ्य स्वयंसेविकाका काम र कर्तव्य के-के हुन्? भन्ने बारे जान्न र आफ्नो वडाका गर्भवती तथा सुत्केरी समेतको सहभागितामा ‘आमा समूह’ गठन गर्ने, आमासमूहको विस्तार गर्दै जाने, कम्तीमा हरेक महिनाको एकपटक विभिन्न स्वास्थ्य समस्यामा बैठक बसाल्ने। यस्तै वडाका बासिन्दाका आधारभूत प्राथमिक स्वास्थ्य सेवाभित्र पर्ने खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, झाडापखाला, श्वासप्रश्वास नियन्त्रण र पोषणलगायत बालस्वास्थ्य तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको प्रवद्र्धन गर्ने। यसैगरी स्वास्थ्य सेवाग्राहीलाई साधन वितरण, प्राथमिक उपचार तथा प्रेषण गर्ने र स्वास्थ्य सन्देश फैलाउनुकासाथै राष्ट्रिय स्वास्थ्य कार्यक्रममा सघाउनु सेविकाका काम र कर्तव्य भएको हुदा सोहि अनुसार लाग्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।


भीमेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिशकसेन ढकालको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमलाई नगरपालिका उपप्रमुख कमला बस्नेत,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाइ, भीमेश्वर नगरपालिका महिला शाखा प्रमुख सुर्जा दहाल, भीमेश्वर नगरका स्वास्थ्य विभाग प्रमुख श्याम खड्का,महिला नेत्री किरण ओली ,महिला स्वास्थ स्वयंसेविका रूकु थामी लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेत

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...

भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेत

भीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...

विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेत

भारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...

अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेत

दोलखा  जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेत

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...

दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेत

नेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...

.