दोलखा बिकास बागमति प्रदेश सरकारको प्राथमिकतामा : मुख्य मन्त्री लामा

राजन बस्नेत

राजन बस्नेत

बाग्मती प्रदेश सरकार प्रदेश भित्रका नागरिकलाई सहज रुपमा सेवा दिन तल्लिन रहेको बताउँदै मुख्य मन्त्री लामाले दोलखाको विकास प्राथमिकतासाथ अगाडि बढाइने बताउनुभयो ।

दोलखा सदरमुकाम चरिकोटमा मुख्य न्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको न्यायिक समिति तथा जनप्रतिनिधिहरूसँग अन्तर्संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले दोलखामा विकासका निर्माणका लागि बाग्मती प्रदेश सरकारले प्राथमिकता का साथ अघि बढेको बताउनुभयो ।

मन्त्री लामाले “दोलखामा पर्यटकीय सम्भावनाहरू थुप्रै भएका कारण पर्यटन प्रवर्द्धन गर्न बाग्मती प्रदेश सरकार प्रतिबद्द रहेको धारणा ब्यक्त गर्नुभयो ।
संविधानमा लेखेका अधिकारहरू जनताले सहजै रुपमा पाउने वातावरण जनप्रतिनिधिहरूले मिलाउनु पर्नेमा मुख्यमन्त्री लामाले विशेष जोड दिनुभयो ।

न्यायिक समितिको काम न्याय दिने भएकाले न्याय दिने कार्यमा आनाकानी नगर्न समेत निर्देशन दिदै मुख्य मन्त्री लामाले
मेलमिलाप प्रक्रिया बाट बिवादहरुको सामधान गर्न सके समस्याको दीर्घकालिन हल हुने जिकिर गर्नु भयो ।

बाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले न्यायिक सम्पादन निष्पक्ष हुनुपर्ने भन्दै निष्पक्ष रूपमा जनताले न्याय नपाउने हो भने जनतालाई स्थानिय सरकार भएको आभास नहुने मन्त्री काफ्लेले ठोकुवा गर्नुभयो ।

दोलखामा जिरी अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री काफ्लेले जिल्लाबाट गुमेका प्रादेशिक कार्यालयहरू पुनर्स्थापना गर्ने काम भैइरहेको जिकिर गर्नुभयो ।
स्थानीय र प्रदेश सरकार मिलेर मात्र विकास सम्भव रहेको बताउँदै मन्त्री काफ्लेले तिनै तहका सरकार मिल्नुको विकल्प नरहेको धारणा ब्यक्त गर्नुभयो ।

नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामाले प्रदेश सरकारले दोलखाको बिकासलाइ महत्वका साथ अगाडी बढाउनुपर्ने धारणा राख्दै दोलखामा निर्माणाधीन रहेका योजना समयमै निर्माण कार्य सम्पन्न गर्नको लागि आवाश्यक बजेट बिनियोजनको ब्यबस्था मिलाउन बागमति प्रदेश सरकारलाइ अनुरोध गर्नुभयो । सभापति लामाले काङ्ग्रेस जनताको सुख र दुखको सारथी भएको हुदा
न्यायिक क्षेत्रमा जनप्रतिनिधिले गरेका कार्यहरुको मुल्याङ्कन र अनुगमत सहितको पृष्टपोषण हुनुपर्नेमा जोड दिनुभयो ।

बाग्मती प्रदेशका न्याधिवत्ता शुकदेव काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा दोलखाका स्थानीय तहका प्रमुख उपप्रमुख एवम् न्यायिक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

स्व. गिरिजाप्रसाद कोईरालाको स्मृतिमा सभापति लामाले गरे निःशुल्क कोचिङ कक्षाको उद्घाट
41 मिनेटutes अगाडि राजन बस्नेत

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पाटि सभापति स्व. गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा जी.पी. कोईराला फाउन्डेसन...

नयाँ वर्षको अवसर पारी चरिकोटमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरीने
राजन बस्नेत

सडकमै खाऔँ, सडकमै रमाऔँ – रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ भन्ने नारासहित नयाँ वर्षको अवसरमा चरिकोटमा...

नेपाल विद्यार्थी संघ दोलखाको क्षेत्रीय अध्यक्षमा नोर्गेन शेर्पा र सन्देश कोइराला चयन
राजन बस्नेत

नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखाले क्षेत्र नं १ (प्रदेश सभा ‘क’ र ‘ख’) का अध्यक्षहरू चयन गरेको छ। संगठनले...

चरिकोट शाखाका केन्द्र प्रमुखहरुलाइ वित्तीय साक्षरता प्रदान गर्दै कालिका लघुबित्त
राजन बस्नेत

कालिका लघुबित्त सस्था लिमिटेड चरीकोट शाखाले सदरमुकाम चरीकोटमा एक दिवसिय केन्द्र प्रमुख गोस्ठी तथा बित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको...

९८.९९ प्रतिशत अंक दाबी गरेका कुलमानलाई सरकारले दियो शून्य अंक
साझा दृष्टि संवाददाता

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको छ। आर्थिक वर्ष २०८०/८१...

पूर्वयुवराज पारसलाई चौथोपटक हृदयघात
राजन बस्नेत

पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको छ । शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो । उपचारमा संलग्न...

.