आईपीएल : कोलकातासँग चेन्नई ६ विकेटले पराजित
साझा दृष्टि संवाददाता
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ। गएराति भएको खेलमा कोलकाताले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको हो।
चेन्नईले जितका लागि दिएको १४५ रनको लक्ष्य कोलकाताले ९ बल बाँकी छँदै भेट्टायो। कोलकाताका लागि नितिश राना र रिंकु सिंहले अर्धशतकीय पारी खेले ।
रानाले ५७ र सिंहले ५४ रनको योगदान दिए। चेन्नईका दीपक चहरले तीन विकेट लिए। यस अघि चेन्नईले ६ विकेट गुमाएर १४४ रन जोडेको थियो । चेन्नईका शिवम् दुबेले सर्वाधिक ४८ रन बनाए।
त्यस्तै, देवन कन्वेले ३०, रविन्द्र जडेजाले २० र ऋतुराज गायकवाडले १७ तथा अजिन्का रहानेले १६ रन जोडे। कोलकाताका लागि वरुण चक्रवर्ती र सुनिल नरैनेले दुई/दुई तथा वैभव अरोरा र शार्दुल ठाकुरले एकरएक विकेट लिए।
विजयी कोलकोता १३ खेलमा १२ अङ्कसहित सातौँ स्थानमा रहेको छ भने १३ खेलमा १५ अङ्क जोडेको चेन्नई दोस्रो स्थानमा रहेको छ।
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
प्रधानमन्त्रीको निर्देशनपछि कुलमानले दिए राजीनामा
साझा दृष्टि संवाददाताचुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने उनको सचिवालयले बताएको छ। घिसिङले सुशीला कार्की...
बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...
