किसानहरुको सारथि बन्दै भीमेश्वर नगरपालिका वडा न:३

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

राजन बस्नेत

दोलखा ११ जेष्ठ । भिमेश्वर नगरपालिका वडा न ३ ले व्यावसायिक कृषकहरुलाई आज एक समारोहका बीच टनेलका लागि प्लाष्टिक वितरण गरेको छ ।

भीमेश्वर नगरपालिका वडा न ३ ,पाखाटाेल,खैदल,सर्पा ढाडखर्क,तार्थलि क्षेत्रका ३२ जना किसानहरुलाई ५० प्रतिशत अनुदानमा ७० वटा टनेल प्लास्टिक वडा अध्यक्षको उपस्थितमा वितरण गरीको वडा सचीव लीला तामाङले जानकारी दिनुभयो ।
व्यावसायिक कृषकहरुलाई टनेल प्लास्टिक वितरण गर्दै भिमेश्वर नगरपालिकाका वडा न ३ का अध्यक्ष हरिशरण शिबाकाेटिले परम्परागत खेती प्रणालीमा आधुनिक प्रविधी प्रयोग गरी व्यवसायीक तरकारी उत्पादनमा जोड दिनको लागी टनेल उपलब्ध गराएको भन्दै टनेलको सहि ठाउँमा सदुपयोग गरी उत्पादन वृद्धि गर्न समेत आग्रह गर्नुभयो ।

अध्यक्ष सिवाकोटीले उत्पादन बृद्धि गराउन सके मात्र मानिसको आयआर्जनमा समेत सुधार हुने र जिबिको पार्जन बाट व्यावसायिकता तर्फ अगाडि बढ्नका लागि सहज वातावरण सिर्जना गर्नको लागि र किसानहरुको हक , अधिकार र संरक्षणमा आफुहरु निरन्तर लागि परीरहेको जिकिर गर्नुभयो ।
१० मिटर लम्बाई र ६ मिटर चौडाईको उक्त टनेल प्लास्टिक प्रतिगोटा ४५ सय रुपैया मूल्य रहेकोमा किसानहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको वडा सचिव लिला तामाङले जानकारी दिनुभयो ।
टनेल प्लास्टिक पाए पछि किसान खुशी हुँदै भन्छन् वडा अध्यक्ष हुनु त हरी सिवाकोटी जस्तो बास्तबिक किसानको पिर मर्का बुझ्ने र जे बोल्छ तेहि गर्ने ।
बागमती प्रदेशकाे चालु आर्थिक बर्षको बजेटबाट आज एक कार्यक्रमका बीच किसानहरुलाई टनेलका लागि प्रयोग हुने प्लास्टिक वितरण गरीएको हो ।
केही दिन अगाडि मात्र भीमेश्वर ३ ले किसानहरुलाइ हाते ट्याक्टर समेत बितरण गरेको थियो ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.