माथिल्लो तामाकोसी जलबिधुत आयोजनामा अर्बौ भ्रष्टाचार


काठमाडौं, ७ साउन । माथिल्लो तामाकोसीमा अर्बौ भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । दोलखाका स्थानीय तथा एन्टी करप्सनका सञ्चालक तथा अभियन्ता विश्वनीति प्रकाशमान पाख्रिनले तत्कालीन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा उपल्लो तामाकोसी तत्कालीन सञ्चालक समितिका अध्यक्ष मुकेशराज काफ्लेसहित १० जनाविरुद्ध छानबिनका लागि अख्तियारमा उजुरी दिएका छन् ।
तामाकोसी बनाउँदा भ्रष्टाचार गरेको भन्दै अभियान्ता पाख्रिनले आयोजनाका तत्कालीन सञ्चालक समितिका अध्यक्ष अर्जुनकुमार कार्की, आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठ, कम्पनी सचिव रामसुन्दर श्रेष्ठ, प्रशासन महाशाखा प्रमुख विनोदचन्द्र कर्माचार्य, कामु उपआयोजना प्रमुख प्रदिपकुमार थिके, आयोजना प्रबन्धक दिनेशजंग राणा, आयोजना सहायक प्रबन्धक विमल गुरुङ, आयोजनाका सहायक निर्देशक मुकुन्द अधिकारी, वातावरणविद् डा. गणेशप्रसाद न्यौपानेविरुद्ध उजुरी दर्ता भएको छ ।
तामाकोसी आयोजना निर्माणका लागि कुल लागत ३५ अर्ब २९ करोड निर्धारण गरी निर्माणको काम सुरु भएको भए पनि व्यापक अनियमितता र भ्रष्टाचार गरी आयोजनाको लागत दुई गुणा बढी बनाएर भ्रष्टाचार गरेको एन्टी करप्सनका सञ्चालक पाख्रिनले बताए । ३५ अर्बमा बन्ने आयोजनालाई सबैको मिलेमतोमा लागत ८६ अर्बभन्दा बढी पु¥याएर भ्रष्टाचार गरेको पाख्रिनले दिएको निवेदनमा उल्लेख छ । तामाकोसी जलविद्युत् उत्पादन कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७को वार्षिक प्रतिवेदनमा आयोजना निर्माण गर्न करिब ८६ अर्ब रुपैयाँ लागेको उल्लेख छ । पाख्रिनले सोही प्रतिवेदनलाई आधार बनाएर अख्तियारमा भ्रष्टाचार मुद्दा दायर गरेका हुन् ।
आयोगमा दिएको उजुरीमा जलविद्युत् आयोजनाका सञ्चालक, पदाधिकारीको घर जग्गा, जमिन, बैंक ब्यालेन्स सेयर लगानी, निजी सवारी साधन खरिद, आफन्त नातागोतासँगको सम्पत्ति छानबिन गर्न माग गरिएको छ ।
२०६५ सालमा निर्माण थाल्दा आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ लागत अनुमान थियो । निर्माण सम्पन्न हुँदासम्म ब्याजबाहेककै लागत ५४ अर्ब पुगेको कम्पनीको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, आयोजना सुरु हुँदा निर्माण अवधि (अनुमानित ६ वर्ष)को ब्याजमा १३ अर्ब २२ करोड खर्च हुने अनुमान थियो । तर, आयोजना निर्माण सकिँदा यस्तो ब्याजमा आयोजनाले ३२ अर्ब रुपैयाँ खर्चिनुपरेको प्रतिवेदनमा उल्लेख छ ।
२०६५ सालमा परामर्शदाता नरकल्सल्ट–लाह्मेरी जेभीले विस्तृत इन्जिनियरिङ डिजाइन तयारी गरेर बुझाएपछि अन्तर्राष्ट्रिय बोलपत्रमार्फत ठेकेदार छनोट गरी निर्माण अगाडि बढाइएको थियो । देश चरम लोडसेडिङमा रहेका बेला करिब एक दशकअघिदेखि यसको निर्माण थालिएको थियो । राजधानी दैनिकबाट
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...